पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सक्न अझै २ हप्ता लाग्ने (हेर्नुहोस यस्तो छ कारण)

पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सक्न अझै २ हप्ता लाग्ने (हेर्नुहोस यस्तो छ कारण)

समाचारपाटी, पोखरा, ५ जेठ । देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको मत गणना गर्न अझै २ हप्ता लाग्ने प्रक्षेपण गरिएको छ ।

मत गणना सुरु गरिएको आज ५ दिन वित्दा जम्मा २५ प्रतिशत मात्र मत गणना सकिएको छ । यहि अनुपातमा गणना गर्ने हो भने अझै २ हप्ता लाग्ने अनुमान गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकामा १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो तर शुक्रबार साँझसम्म ११ वडाको ३१ हजार ३ सय ७० मत गणना सम्पन्न भएको छ ।

यसैबीच क्षेत्रीय निर्वाचन कार्यलय पोखराका प्रमूख गंगालाल सुवेदीले एक हप्तामा मत गणना सकिने बताउनुभयो ।

११ वडामा मत गणना सकिदा नतिजा भने मिश्रित किसिमको आएको छ । अहिले सम्म ७ वडामा कांग्रेसले वडा अध्यक्ष जितेको छ भने ४ वडामा एमालेले जितेको छ । नतिजा अनुसार अधिकांश वडामा प्यानलनै विजयी भएका छन् ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *