Home | About Us | Contact

पनौतीमा एमालेका भीम न्यौपाने विजयी

जेष्ठ ५, पनौती नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित भएका छन् । प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा विजयी भएका हुन् ।

न्यौपानेले १२ हजार २ सय ५६ र बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरेका थिए । निकटतम नेपाली कांग्रेसका उम्मेदवार विदुर बञ्जाराले ९ हजार १ सय ९० र अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत प्राप्त गरेकी थिइन् । प्रमुखमा माओवादी केन्द्रकी जमुना सापकोटाले १ हजार २ सय ३९ र उपप्रमुखमा जगन्नाथ गिरीले १ हजार ७ सय ९७ मत प्राप्त गरेका थिए ।

वडाध्यक्षमा भने नेकपा एमालेले नेपाली कांग्रेसले बराबरी जितेको छ । वडा नं १, २, ३, ४, ५ र १२ मा नेकपा एमाले र वडा नं ६, ७, ८, ९, १० र ११ मा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित