कांग्रेस नगर सभापति बजिरमान श्रेष्ठले मनगणना हुदा हुँदै दिए राजिनामा (हेर्नुहोस यस्तो छ कारण)

कांग्रेस नगर सभापति बजिरमान श्रेष्ठले मनगणना हुदा हुँदै दिए राजिनामा (हेर्नुहोस यस्तो छ कारण)

समाचारपाटी, पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मत गणना कांग्रेसको पक्षमा नआएको र आफु त्यो पदमा बस्न नैतिकताले नदिएको भन्दै कांग्रेसका नगर सभापति बजिरमान श्रेष्ठले राजिनामा दिएका छन् ।

उनले पोखरा लेखनाथ महानगरपालिकाका वडाहरुमा अहिले देखिएको मत परिणाम निराशाजनक रहेको र त्यसको जिम्मा आफुले लिनुपर्ने भन्दै नैतीकताको आधारमा आफु पदमा बसिरहन आवश्यक न ठाने बताएका छन् ।

मतगणनाको बेला श्रेष्ठले दिएको राजीनामालाई उनले आफु उठेको वडामा हार स्विकार गरेको विश्लेषण गरिएको छ ।

कांग्रेसको पोखरा लेखनाथ नगर सभापति भएर पनि वडाध्यक्षमा पराजित हुने अबस्था आएपछि राजिनामा दिएको विश्लेषण गरिएको हो ।
महानगरमा वडानम्बर १३ को अध्यक्ष उम्मेदवार उनले पराजित हुने अबस्था आएपछि मतपरिणाम सार्वजनिक हुनु अघिनै राजिनामा दिएका हुन् ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *