Home | About Us | Contact

पोखरा लेखनाथ ९ मा कांग्रेस का उमेद्वार रामराज लामिछाने सहित प्यानल विजयी

पोखरा ४ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । विहिवार साझ सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा रामराज लामिछाने निर्वाचित भए । उनले ११७४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी एमालेका गोविन्द तुलाचनले ९८२ मत प्राप्त गरे ।

त्यस्तै दुई खुल्ला सदस्यमा कांग्रेसकै सुरेस खवास र नन्दराम गिरी निर्वाचित भए । खवास ११५८ र गिरी ९६५ मतको साथ विजयी भएका हुन् ।
महिला सदस्यमा कांग्रेस उम्मेदवार राम माया मानन्धर १२०८ मत सहित निर्वाचित भइन् । दलित महिला सदस्य गीता नेपाली १२३१ मत प्राप्त गरी विजयी भएकी छिन् ।

यो सँगै ३३ वडा रहेको पोखरा महानगरमा ९ वटा वडाको अन्तिम परिणाम आएको छ । जस मध्ये १, ५, ७ र ८ नम्बर वडाको अध्यक्षमा एमाले विजयी भएको छ । वडानम्बर ९ सहित २, ३, ४ र ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित