पोखरा लेखनाथ ५ को पुनः मतगणना सकियो, एमालेको अग्रता, धन बहादुर नेपाली अध्यक्षमा बिजयी

पोखरा लेखनाथ ५ को पुनः मतगणना सकियो, एमालेको अग्रता, धन बहादुर नेपाली अध्यक्षमा बिजयी

पोखरा, ४ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को पुनः मतगणना सार्वजनिक भएसँगै नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार मान बहादुर जिसीले काँग्रेस उम्मेदवार रामजी कुवँरलाई ३ सय २७ मतान्तरले पछाडी पारेका छन् । जिसीको ९ हजार ४ सय ९५ मत आएको छ भने कुवँरको ९ हजार १ सय ६८ मत छ ।

यस्तै उपप्रमुखको एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको पनि काँग्रेस उम्मेदवार सरस्वती गुरुङको भन्दा धेरै मत आएको छ  । मञ्जुले ९ हजार २ सय ४ मत ल्याउँदा सरस्वतीले ७ हजार ९ सय २३ मत ल्याईन् । दुई बीचमा १ हजार २ सय ८१ मतको फरक छ ।

५ नम्बर वडामा एमालेकै उम्मेदवार धन बहादुर नेपाली अध्यक्षमा बिजयी भए । उनले १ हजार ७ सय ६८ मत पाउँदा प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार रामजी प्रसाद कोइरालाले १ हजार २ सय ४६ मत पाए । वडा सदस्यमा एमालेकै पुष्पराज बराल र उज्वल खत्री बिजयी भएका छन् । महिला सदस्यमा अञ्जु केसी र दलित महिला सदस्यमा हरि माया विश्वकर्मा बिजयी भएकी छिन् ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *