Home | About Us | Contact

पोखरा ८ को अध्यक्षमा एमालेका रुद्रनाथ बराल विजयी

पोखरा ४ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ८ को अध्यक्षमा एमालेका रुद्रनाथ बराल विजयी भएका छन् । बरालले निकटतम प्रतिद्धन्दी कांग्रेसका शारदा गिरीलाई १४० मत अन्तरले पराजित गरे ।

बरालले १८०३ मत प्राप्त गर्दा गिरीको पक्षमा १६६३ मत प्राप्त भयो । सो वडाको महिला सदस्यमा किरण गौतम, दलित महिला सदस्यमा लक्ष्मी कौशल विजयी भए । गौतमले १७३२ मत प्राप्त गर्दा कौशलले १७४२ मत प्राप्त गरिन् ।

खुल्ला दुई सदस्यमा भने कांग्रेसका कृष्णमान ढुसाजु र पुष्पराज सिग्देल निर्वाचित भए । ढुसाजुले १६४७ र सिग्देलले १५५४ मत प्राप्त गरे । सो वडाबाट एमालेका मेयर मान बहादुर जिसीको पक्षमा १८४० मत परेको छ भने कांग्रेसका रामजी कुँवरको पक्षमा १६३८ मत परेको छ । त्यस्तै एमाले तर्फकी उपमेयर मञ्जुदेवि गुरुङले ८ नम्बर वडाबाट १८०१ म्त प्राप्त गर्दा कांग्रेस उम्मेदवार सरस्वती गुरुङको पक्षमा १५७२ मत परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित