पोखरा ६ को अध्यक्षमा कांग्रेसका जगत पहारी निर्वाचित

पोखरा ६ को अध्यक्षमा कांग्रेसका जगत पहारी निर्वाचित

पोखरा ४ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सकिएको मतगणना अनुसार कांग्रेस तर्फका उम्मेदवार जगत पहारी १४६४ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका हेम कुमार श्रेष्ठले १३४९ मत प्राप्त गरे ।

वडाको खुल्ला दुई सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा भने एमाले उम्मेदवार निर्वाचित भएका छन् । खुल्ला दुई सदस्यमा विष्णु बहादुर भट्टराईले १४७६ र हरीकृष्ण पहारीले १४५५ मत प्राप्त गरी निर्वाचित भए ।

त्यस्तै महिला सदस्यमा पुष्पा पहारी १४७० मत सहित निर्वाचित भइन् । दलित महिला सदस्यमा राम माया विश्वकर्मा १५०० मत सहित विजयी भइन् । वडानम्बर ६ बाट कांग्रेसको मेयर उम्मेदवार रामजी कुँवरले १६७६ मत प्राप्त गर्दा एमाले उम्मेदवार मान बहादुर जिसीको पक्षमा १२५३ मत प्राप्त भयो । त्यस्तै कांग्रेसको उप मेयर उम्मेदवार सरस्वती गुरुङले १११८मत प्राप्त गरिन् भने मञ्जुदेवि गुरुङको पक्षमा १३४९ मत परेको छ ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *