Home | About Us | Contact

पोखरा ७ मा एमालेका रामचन्द्र बराल सहित प्यानल विजयी

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मा एमालेका रामचन्द्र बराल सहित प्यानल नै विजयी भएको छ । बिहीबार विहान सकिएको मतगणना अनुसार वडाध्यक्षमा एमाले उम्मेदवार रामचन्द्र बराल विजयी भएका हुन् ।

उनले १२१२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी कांग्रेसका रामचन्द्र बस्ताकोटीले ११११ मत प्राप्त गरे । खुल्ला सदस्यमा दिनबन्धु पौडेलले १२४३ र किशोर बरालले ११५७ मत प्राप्त गरी निर्वाचित भए । त्यस्तै महिला सदस्यमा एमालेकै प्रभा पन्त १२२५ मत सहित विजयी भइन् भने दलित महिला सदस्यमा सुक माया नेपाली १२७३ मत सहित निर्वाचित भइन् ।

सो वडाबाट कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवरले १०२८ मत प्राप्त गर्दा उपमेयर प्रत्यासी सरस्वती गुरुङले ९३४ मत ल्याइन् । त्यस्तै एमालेका मेयर उम्मेदवार मान बहादुर जिसीले १३७३ मत प्राप्त गरे भने उपमेयर उम्मेदवार मञ्जुदेवि गुरुङको पक्षमा १३५२ मत परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित