Home | About Us | Contact

पोखरा महानगर वडा नम्बर १ मा एमालेको प्यानल नै बिजयी #localpolls2017 #Nepalvotes #NepalElection

समाचारपाटी, पोखरा, २ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल बिजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार शारदा पराजुलीले १ हजार १ सय १३ मतले ल्याउदै विजयी बनिन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार टंक प्रसाद शर्माले ७ सय ९६ मत पाएका छन् । एमालेबाट खुला सदस्यमा रुद्र प्रसाद चुवाई र शाहारा प्रधान, दलित महिला सदस्यमा प्रेम देवी परियार तथा महिला सदस्यमा प्रेम कुमारी साई बिजयी भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित