भित्तामा पनि रहेनन् लोकमान

भित्तामा पनि रहेनन् लोकमान

काठमाडौं, ८ वैशाख । एकताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था थियो । हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम छन् अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि भएको छैन ।

उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो इन्ष्टिच्युसनल मेमोरी (संस्थागत स्मरण) मा समेत उनलाई नराखेको पाइएको छ । अख्तियारको केन्द्रीय कार्यालयको भित्तामा अरु सबै पूर्वप्रमुख आयुक्तको फोटो राखिएको भए पनि कार्कीको भने राखिएको छैन ।

किन नराखेका भन्ने जिज्ञासामा अख्तियारका एक वरिष्ठ कर्मचारीले अदालतले अयोग्य भनेकाले फोटो नराखिएको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *