काङ्ग्रेस पोले पुरुञ्चौरको कोणसभा सम्पन्न

काङ्ग्रेस पोले पुरुञ्चौरको कोणसभा सम्पन्न

समाचारपाटी, पोखरा, ७ बैशाख । नेपाली काङ्ग्रेस पोले महानगरपालिका–१९ पुरुञ्चौरको कोणसभा विहिवार सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै घरदैले र कोणसभा कार्यक्रमलाई तिव्रता दिइएको सचिव एवम् प्रवक्ता विष्णु बास्तोला (प्रकाश) ले जानकारी दिए ।

नेपाली काङ्ग्रेस पोले महानगरपालिका–१९ पुरुञ्चौरका संयोजक महेश्वर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, पूर्व जिल्ला सदस्य पुष्पेन्द्र पाण्डे, सह–संयोजक दुर्गादत्त वास्तोला, नेविसंघका पूर्व सभापति एवम् महाधिवेशन प्रतिनिधी राजिव वास्तोला, नेविसंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेजका सभापति सुजन सापकोटा, गोविन्द पौडेल, बोधराज अधिकारी लगायतले बोलेका थिए ।

सोहि अवसरमा नेपाली काङ्ग्रेसको पहलमा २५ लाख रुपैयाको लागतको पुरुञ्चौरमा स्वास्थ्य उपचार सेवाका लागि ‘बर्थिङ सेन्टर’ समेत स्थापना भएको प्रवक्ता वास्तोलाले जानकारी दिए ।

About The Author

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *