काँग्रेसको जितले मात्र जनता सक्षम बन्ने : धमला

काँग्रेसको जितले मात्र जनता सक्षम बन्ने : धमला

समाचारपाटी, पोखरा, ७ वैशाख । आशन्न निर्वाचनलाई मध्येनजर गर्दै नेपाली काँग्रेसको जितलेमात्र नेपाली जनताको जित हुने पोखराको एक कार्यक्रममा वताईएको छ ।

नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनका सभापति केदार धमलाले वैशाख ३१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसलाई मत प्रदानगरी संघीय नेपालको आर्थिक समृद्धिमा सघाउन आग्रह गरेका छन् । नेपाली काँग्रेस धादिङ पोखरा युवा समितिको भेलालाई सम्वोधन गर्दै सदनका सचिव माधव लम्सालले धादिङमा कम्युनिष्टहरुले कुनै स्थानमा नजित्ने दावी गर्दै हरेक युवाले नेपाली काँग्रेसलाई साथ दिने ठोकुवा गरे ।

समितिका अगुवा रामबहादुर खत्रीको अध्यक्षतामा भएको भेलाले रामबहादुर खत्रीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । युवा समितिको उपाध्यक्षमा लोकवहादुर खत्री, सचिवमा गणेश पाण्डे, सहसचिवमा बुद्ध गुरुङ, कोषाध्यक्षमा शुशिल पाण्डे र सदस्यहरुमा सुदाम मगर, विष्णु थापा, सितल श्रेष्ठ, लाल गैह्रे, भुवन खत्री, जमिन शाह, समिर शाह, रामहरी श्रेष्ठ, सानु आचार्य, गणेश थपलिया, देववहादुर खत्री, विष्णु आले, ईश्वर खत्री, रन्जित थपलिया, योगेन्द्र परियार, प्रकाश मल्ल रहेको समिति सर्वसम्मत चयन गरिएको छ ।

नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनको भातृ संस्थाको रुपमा गठन गरिएको युवा समितिले नेपाली काँग्रेसको नीति र विचारलाई जनता समक्ष पुर्याउन लागिपर्ने वताएको छ ।

नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनले आगामी दिनमा महिला संघ, विद्यार्थी संघ लगायत भातृ संस्था गठन गर्दै कर्मथलो
पोखरा वनाएका सम्पूर्ण जिल्लावासीहरुको हकहित र भाईचाराको सम्वन्ध विकास गर्दै लगिने जनाउँदै आएको छ ।

About The Author

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *