शुभकामना कप उपाधिकालागि लेकसाइड र सत्य भिड्ने

शुभकामना कप उपाधिकालागि लेकसाइड र सत्य भिड्ने

समाचारपाटी, पोखरा, ७ वैशाख । हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा लेकसाइड एफसी र सत्य यवा क्लब बाँझापाटन फाइनलमा प्रवेश गरेका छन् ।

गौरी शंकर खेल मैदान(गैरी) मा बिहीबार भएको पहिलो खेलमा लेकसाइड एफसीले संगम एफसीलाई १–० ले पराजित गर्यो। खेलमा लेकसाइड एफसीको तर्फबाट अशोक थापले गरेको गोल नै निर्णायक वन्यो। सो खेलमा अशोक थापा म्यान अफ दि म्याच घोषित भए।

बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा सत्य युवा क्लब बाँझापाटनले विष्णु पादुका क्लब हेमजालाई ३–० ले पराजित गर्यो। सो खेलमा सत्य युवा क्लबको तर्फबाट शुशिल लामाले दुई र विश्वाश श्रेष्ठले एक गोल गरे। उक्त खेलमा सत्य युवा क्लबका शुशिल लामा म्यान अफ दि म्याच घोषित भए।

शनिबार लेकसाइड एफसी र सत्य युवा क्लब बाँझापाटनबीच फाइनल खेल हुने हेमजा युनाइटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्।

About The Author

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *