कन्सर्ट सँगै फेशन शो सम्पन्न

कन्सर्ट सँगै फेशन शो सम्पन्न

समाचारपाटी, लेखनाथ, ०७ वैशाख । नयाँ वर्षको अवसरमा लेखनाथमा कन्सर्ट सँगै फेशन शो सम्पन्न भएको छ । लेखनाथ मिडिया हाउसको आयोजना र मन्की टोन स्टुडियोको सहआयोजनामा भएको टुवोर्ग लाईभ कन्सर्टमा फेशन शो समेत भएको छ ।

शोमा मिस क्विन लेखनाथ, मिस शुक्ला गण्डकी र मिस्टर शुक्ला गण्डकी गरी १२ जनाले फेशन शो देखाएका थिए । लेखनाथको मुटु तालचोकमा भएको लाईभ कन्सर्टमा देश्ना व्याण्ड, सैनिक सेभिएर, एक्स डायमण्ड, म्युजिक मेज लगाएतका व्याण्डको प्रस्तुती रहेको थियो ।

टुवोर्ग वियरको मुख्य प्रायोजन र टिभिएस विगो स्कूटरको सहप्रयोजनमा भएको कार्यक्रममा समाजसेवी नन्दप्रसाद तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका व्याण्ड संयोजक विनोद परियारले जानकारी दिए । कार्यक्रमको सञ्चालन सन्दिप पौडेल र सुष्मा लामिछानेले गरेका थिए ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *