Home | About Us | Contact

दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न सयाँै ग्रामीण जनता लाभाम्वित

 

समाचारपाटी,धनुषा ३०चैत्र। विश्व शान्ति युवा संघ, युपीएफ नेपाल र विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा धनुषाको गोदारमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । चैत्र २७ र २८ गते धनुषाको गणेशमान चारनाथ नगरपालीका वडा नं ५मा रहेको जनता जनसवाल मा.बि गोदारमा भएको शिबिरमा ६०० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका बरिष्ठ अर्थोपेडिक डा. सुभाष झासहित ४ जना चिकित्सक लगायत १२ जनाको समुहले दुईदिन सम्म बिहान ९ः३० देखि बेलुका ५ः०० बजे सम्म शिबिरमा स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्यको दृष्टिकोणले पछि परेका तथा तराईका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित भएका स्थानीय जनसमुदायलाई लक्षित शिबिर संञ्चालन गरिएको हो । तराईमा लाजका कारण अस्पताल सम्म नजाने गर्दा  कयितपय सामान्य रोगले पनि जटिल अवस्थामा पुगेको परिक्षणको बेला भेट्टाईएको थियो ।

शिविरमा डा. सुभाष झा अर्थोपेडिक, डा.सुजना सापकोटा नाक, कान, घाँटी, डा.अमित देव स्त्री रोग, र डा. दिपा शेर्पा जनरल मेडिसिनमा स्वास्थ्य चेकअप गरेका थिए । स्वास्थ्य परिक्षण पश्चात  निःशुल्क औषधी वितरण गरिएको थियो भने ल्यावको अभावमा केहि बिरामीको रोग पहिचान हुन नसेकेकोले उनीहरु  बिराट मेडिकल अस्पतालमा आए निःशुल्क चेक अप गर्ने तथा आर्थिक अवस्था दयनिय भएकालाई बिराट मेडिकल कलेजले निःशुल्क उपचार गरिदिने ब्यबस्था गरेको जानकारी डा. सुभाष झाले दिए ।

शिविरमा सहभागी हुन ४० कि.मी टाढाबाट मानिस आएका थिए । शिबिरमा २०४ पुरुष ,३५० महिला र ५५ जना बालबालीकाको  स्वास्थ्य परिक्षण गरिएको थियो ।  महिलाहरूमा पाठेघरसम्बन्धी समस्या हुँदा पनि लाज र संकोचकै कारण रोग लुकाएर बस्नुपर्ने अवस्थाका साथै स्थानीयस्तरमा दक्ष चिकित्सकहरूको समेत अभाव रहेकोले शिविर संचालन गरी जनसमुदायमा सेवा तथा सचेतना प्रवाह गरेको आयोजक सन्तोषकुमार पौडेलले जानकारी दिए । संस्थाले बिगतमा पनि देशका बिभिन्न भागमा पिछडीएको क्षेत्र एवम समुदायलाई लक्षित गरि निःशुल्क शिबिर संञ्चालन गदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित