Home | About Us | Contact

डोल्पामा पुरुषभन्दा महिला मतदाता धेरै, जिल्लाभरी ४६ मतदान स्थल निर्धारण

समाचारपाटी,पोखरा ३० चैत्र। कर्नाली हिमाली जिल्ला डोल्पामा पुरुषभन्दा महिला मतदाता धेरै रहेका छन् । १ सय ३७ जना महिला मतदाता धेरै रहेका छन् ।

डोल्पा जिल्लामा कुल १६ हजार ७ सय ३ मतदाता रहेका छन् । पुरुष मतदाता ८ हजार २ सय ७३ छन् भने महिला ८ हजार ४ सय २० रहेका छन् । यो जिल्लामा ६६ मतदान स्थल रहेको छ । जनसंख्या थोरै भए पनि भूगोल ठूलो भएकोले यति धेरै मतदानस्थलको व्यवस्था गरिएको जानकारी जिल्ला निर्वाचन कार्यालय स्रोत डोल्पाले दिएको छ ।

स्थानीय तहको चुनावको लागि डोल्पा जिल्लाका गाउँ तथा नरपालिकाहरुमा चुनावी प्रचारका लागि गाउँ गाउँ र घरदैलो अभियान जिल्लाम क्रियाशील राजनीतिक दलहरुले शुरु गरेका छन् । सबैतिर चुनावको बारेमा बहस र छलफल बढ्दै गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित