Home | About Us | Contact

ढुंगेसाँघु आमा समूहका सदस्यहरुलाई उद्घोषण तालिम

समाचारपाटी,पोखरा, २२ चैत्र ।महिला शशक्तिकरण संगै बोल्ने कला विकाश गर्ने उद्देस्यले पोखरा १५ स्थित ढुंगेसाँघु आमा समूहको आयोजनामा ३ दिवसीय उद्घोषणकला तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै पोखरा लेखनाथ महानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले बोल्न सक्ने महिलाहरु हिंसाको शिकार बन्नु नपर्ने बताउनुभयो । “महिला हिंसा बढ्नुको मुख्य कारण नै बोल्न नसक्ने भएर हो” उहाँले भन्नुभयो “मनमा भएका कुरा बोल्न सक्ने, आँफूलाई परेको पीडा सुनाउन सक्ने, निर्धक्क कार्यक्रम गर्न सक्ने महिलाहरु अझै कम छन्”। महिलाहरुसंग नेतृत्व गर्न सक्ने अथाह खुवी रहेको तर त्यसलाई प्रस्तुत गर्ने आत्मविश्वास नहुँदा अझै समाजमा पछि परेको उहाँको भनाई थियो । तालिममा सिकेका कुराहरु पालना गर्दै आत्मविश्वास बृद्धि गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा महिला समन्वय समिति वडा नं १५ का अध्यक्ष पार्वती कार्कीले तालिमले महिलाहरुको समग्र बोल्ने कलामा सुधार देखेर आँफू प्रभावित भएको बताउनुभयो ।

सो अवसरमा तल्लो सिमलबोट टोल विकास संस्थाका संस्थापक अध्यक्ष ललित बहादुर भण्डारी, थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठ, प्रशिक्षार्थी ईन्दीरा पन्त लगायतले बोल्नुभएको थियो ।

थ्री एन्जल्स नेपालको को सह आयोजना तथा र थ्रि एन्जल्स रेडियको सहयोगमा सञ्चालित उक्त तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा थ्रि एन्जल्स सामुदायिक रेडियोका समाचार प्रमुख जीवन सुवेदी, कार्यक्रम प्रमुख प्रकाश अधिकारी, आशा कुँवर लगायतले सहजिकरण गरेका थिए । ढुङ्गेसाघु आमा समुहका अध्यक्ष्ाँ पार्वती कार्की “जानुका” को अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार लक्ष्मी कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहसचिव सरु अधिकारी र सदस्य प्रभा थापा भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित