ताङतिङमा काँग्रेसको भेला

ताङतिङमा काँग्रेसको भेला

समाचारपाटी,पोखरा, २२ चैत। नेपाली काँग्रेसले मादी गाउँपालिका वडा नं २ स्थित ताङतिङमा भेला गरेको छ। भेलामा बोल्दै सांसद यज्ञबहादुर थापाले काँग्रेसले झुटो आश्वासन नबाड्ने बताए।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले काँग्रेसले ताङतिङलाई सधै प्राथमिकता दिने उल्लेख गरे।

काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङले विकास निर्माण नै काँग्रेसको एजेण्डा भएको स्पष्ट पारे।

कार्यक्रममा कास्की काँग्रेसका सदस्य देवेन्द्र रानाभाट, नवीन सिग्देल, ओमप्रकाश गुरुङ, मादी गाउँपालिका संयोजक देवीजंग गुरुङ, नेवि संघका केन्द्रीय सदस्य भानु ढकाल,समाजसेवी मेजर बालासिंह गुरुङ, पुर्वमहाधिवेशन प्रतिनिधि देवीजंग गुरुङ, इलाका नं ५ की संयोजक पर्वाश्री गुरुङ,  विद्यार्थी नेताहरु भोजबहादुर गुरुङ, मिन नेपालीले बोलेका थिए।

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं २ का सभापति गगनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव सन्तोष गुरुङले सञ्चालन गरेका थिए।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *