Home | About Us | Contact

स्व:गिरीजाप्रसाद कोईरालाको स्मृति दिवसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

(सुदिप अधिकारी) समाचारपाटी, पोखरा, ७ चैत । युग पुरुष स्व:गिरीजा प्रसाद कोईरालाको सातौ स्मृति दिवसमा आयोजित वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेवि।संघ पूर्व केन्द्रीय अध्यक्ष गोविन्द भट्राई प्रमुख अतिथी रहनुभएको थियो । विशिष्ट अतिथि नेपाली काङ्ग्रेस चितवन जील्ला उपसभापति कैलाश कोईराला, अतिथिहरुमा नेपाली काङ्ग्रेस जील्ला सचिव उत्तम जोशी, जिल्ला कोषाध्यक्ष शंकर कण्डेल, तरुण दल अध्यक्ष राजन ताम्रकार, महिला संघ जिल्ला सचिव लक्ष्मि लामिछाने, नेविसंघ जिल्ला अध्यक्ष सुर्य ढकाल, क्षेत्र नं ४ नेपाली काङ्ग्रेस सचिव गोपाल दराई एवं जिल्ला स्तरिय नेताहरु रहनु भएको थियो, विरेन्द्र वहुमुखि क्याम्पसका प्रमुख गोविन्द सापकोटा, यस्तै विद्यार्थी नेताहरु क्रमश ( प्रदिप गौतम, विपिन देवकोटा, सन्देश घिमिरे, सुदिप अधिकारी,  सुमन अधिकारी, रविन खतिवडा ,सुधन रिजाल, सन्देश पराजुलि, विनोद खरेल, भिष्म लामिछाने लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सयौ विद्यार्थिहरुको उल्लेखनिय सहभागिता

रहेको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथी भट्राईले नेपालको राणा शासनलाई एकैचोटि चुनौति दिने परिवारका एक सदस्य कोईराला भएको दावि गर्नुभयो, पञ्चायतको समाप्तिको आन्दोलन, गणतन्त्र स्थापनाको आन्दोलन लगायतका आमुल परिवर्तनमा उहाँको योगदान महत्वपूर्ण छ पनि भन्नुभयो । एक फरक प्रसङ्गमा भट्टाईले एकताको सुत्र तोड्ने प्रयास भएको भन्दै, सुत्र तोडिय कोईराला परिवारको अपमान हुने र एकताको वाटो समाउन सवैलाई आह्वान समेत गर्नुभयो ।

भट्राईले शिक्षाको गुणस्तर के हो भनेर पनि प्रश्न गर्नुभएको थियो, स्थानिय तहको निर्वाचनको प्रसङ्ग कोट्याउदै उहाले सिहं दरवारमा भएको अधिकार स्थानिय स्तरमा पुर्याउने अवसरमा सहभागी हुन समेत विद्यार्थिहरुलाई आह्वान गर्नुभयो । त्यस्तै विशिष्ट अतिथी कोईरालाले फोहोर मैला त हटाउन सकिएला तर राजनितीमा आएको फोहोरि पन हटाउन सकिएन भने अवको २० वर्षमा नेपाली यूवा नेपालमा नरहने दावि गर्नुभयो । त्यस्तै अर्का अतिथि गोपाल दराईले एमाले नेता केपि ओलिलाई लक्षित गर्दै उहाले भनेजस्तो नेपाली काङ्ग्रेस डरायो भन्नू सरासर गलत भएको र त्यसो नभई स्वयम केपि ओलिनै डराएको र त्यसको पछिल्लो जलन्त उदाहरण मेचिमाहाकालि यात्रा रहेको दावि गर्नुभयो ।

नेविसंघ जिल्ला अध्यक्ष ढकालले नेवि संघले कहिल्लै झुटो आश्वासन नदिने र वोलेको कुरा पूरा गरेर देखाउछ भन्ने धारणा व्यक्त गर्नुभयो, विरेन्द्र क्याम्पसमा एक नम्वरको विद्यार्थी संघ नेपाल विद्यार्थी संघ रहेको भन्दै उहाँले क्याम्पसले आयोजना गर्ने विविध रचनात्मक कार्यक्रममा नेविसंघ होस्टेमा हैसे गर्न आईपुग्ने दावि गर्नुभयो । नेविसंघ विरेन्द्र वहुमुखि क्याम्पस ईकाई अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेविसंघ विरेन्द्र क्याम्पसका प्रभावशाली युवा नेता संजिव घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । समापन समारोहमा वोल्दै अध्यक्ष अधिकारीले विरेन्द्र क्याम्पसमा गढेको विद्यार्थी राजनितिको फोहोर निकाल्न आफू विरेन्द्रमा छिरेको दावि गर्नुभयो, एक फरक प्रसङ्गमा अधिकारीले विरेन्द्र क्याम्पसमा नेविसंघ वाहेक अन्य विद्यार्थी संगठनहरुको औचित्य कम भएको उद्घोस् गर्नुभयो ।

कार्यक्रममा चियापान कार्यक्रम सगै सरसफाई कार्यक्रम भव्यताका साथ समापन भएको छ, फोहोरम‌ला वयवस्थापनका लागि नेविसंघले उपलव्ध गराएको डस्बिन क्याम्पसलाई हस्तान्तरण गरिएको छ । यस्तै नेवि।संघले आउदो च‌ैत्र १६ गते रक्तदान कार्यक्रम समेत आयोजना गर्ने जानकारि दिएको छ, कार्यक्रम विरेन्द्र क्याम्पस प्राङ्गणमा हुने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित