Home | About Us | Contact

“ग्रेट देन ग्रेटर कास्कीकोट “

 

समाचारपाटी,पोखरा,७ चैत्र । हामी भाग्यमानि छौ । आफैमा सुन्दर प्राकृतीको काखमा हुर्कन पायौ । न्यानो फेवातालको सिरेठो  प्रतिकुल मौसम सुन्दर हिमालको दृिष्य र चिरविर चराहरुको गुन्जयासनै हाम्रो साझ विहानी हो । सायद त्यसैल्य होला राजाहरुले राज गरेका । मनमोहक माछापुच्छ्रे हिमशृखला र हरीया पाहाडका फरीयाहरु नै हाम्रो प्रकृतीले हामीलाई दियको वर्दान हो । समुन्द्री सतहदेखि सत्रसय मिटरमा रहेको कास्किकोट भौगोलीक हिसावले पहाडी भु-भागमा अवस्थीत छ । भुगोलमा उतर तिरको हिमाली मनै लोभ्याउने दृिष्य र दक्षिण तिर फैलीयको उच्च पाहाडी भु-भाग हुदौ समथर फॉटमा लहलहाउने धानका वाला सगै जोडीयको फेवाताल सुन्दर नगरीपोखरा सराङकोट हेम्जा ढिकुरपोखरी भदौरे चापाकोटको माझमा चम्किरहने पुर्णीमाको चन्द्रमा हो हाम्रो कास्कीकोट ।प्रकृतिको गजवको उपाहार त हुदौहो यहाको इतिहासले अझ ठुलो वाहार ल्यको छ मानौ सुनमा सुगन्ध थपेको जस्तो । यहाको ईतिहासले नेपालकै ईतिहासमा ठुलो किस्सा ओगटेको छ ।

 

कास्किकोटको इतिहास:प्राचिन नेपालको वाइसे चैविसे राज्य मध्यको एक शक्तीशाली राज्य अन्तरगतको कास्की राज्य’ घले मारी शाही राजा ‘खानहरुले राज्य विजय गरी प्राप्त गरे ११३३ मा खान वंशले राज्य सुभारम्भ गरे खाचा खान र मिचा खान हुदौ जगति खानले राज्य संचालन गरे।कास्की राज्य कुशल र कौसल राज्य भयकाले छिमेकी राज्यहरु पनी यसको छत्रछायामा थिय जव १३९० सम्म आई पुग्दा कुलमण्डल खान राजा थिय । उनैका पालादेखि शाह भन्ने र लेखने चलन चलाईयको पाईन्छ । राज्य विस्तारको क्रममा साना तिना ठाउहरु राज्य विस्तार गर्दौ थिय त्यसै वखतमा लम्जुन मा राजा वनाउन का खजेदुरा लगायतको टोली आई कास्की राज्यका छोरा लाने भनेपछी राजाले आफ्ना सात भाई छोरा मध्य ऐक कालु शाहा लाई पठाय तर लम्जुङका तक्काली राजा ससाका जातीले उन्को हत्या गरीदिय पछी फेरी दुरा आई विन्ती विसायर दर्वे शाहा लाई लगेर लम्जुङको राज्य सचालन गरे । पछि लम्जुङ हुदै गोरखा राज्य विस्तार गरे ।  कास्की लम्जुङ गोरखा मा शाहा वशजले राज्य सचालन गरीरहेका थिय त्य पश्चात गोरखाका राजाको रुपमा उनै कुलमण्डल खानका सन्ततीको रुपमा नेपाल एेकिकरणका अभियान्ता  पृथ्वीनारायण शाहाको जन्म भयको ईतिहासमा पाइन्छ । र त्यसकारण नारायणहिटी दरवार संग्रालय मा पनि कास्की जिल्ला लाई सुरुको कोठा नामाकरण गरीयको छ । नेपालको इतिहासमा पनी २०७ वर्ष लामो शाही शासनको इतिहसको जरो कास्कीकोटनै थियो । कुलमण्डल शाह देखि ज्ञानेन्द्र शाहा सम्मको इतिहासको उद्गगम स्थल यहि थियो । भन्ने इतिहास विद तथा जानकारहरुको भनाई छ । यस ईतिहासको अलवा धार्मीक तथा पौराणीक इतिहास रहेको समेत पाईन्छ । हिन्दु धर्मालविको पवित्र गन्थ पुराणमा सात ऋषी मध्यका एेक ऋषी कस्यप ऋषीले यस क्षेत्रको धामको गरामा आई तपस्या गरी भगवान शिव प्रसन्न भई गण्डकी नदी शुक्ला गण्डकी भगवान शिवको जटावाट वहेको कुरा कहावत रहिआयको छ ।यस क्षेत्र ऋषी कस्यपले तपस्या गरेको क्षेत्रहुनाले कस्यप क्षेत्रहुदै कास्कीक्षेत्र रहेको हो । हाल जिल्लाकै नाम यस पवित्र स्थान वाट रहेको छ ।यस्य स्थानको पश्चामी भेगमा हिन्दु धर्मालम्वीहरुको आस्थाको धरोहर शक्ती पिठ मध्य ऐक गुप्तकालीको पुजाहुने विष्वकै महत्वपुर्ण शक्तीपिठ रहेको छ ।

 

कास्कीकोटको वस्तुगत स्थिती : विश्वकै पर्यटकिय गन्तव्य पोखरा सगै जोडीयको पोखरालेखनाथ माहानगर पालीका वडा नं२४ हो।प्राकृतिहिसावले सुन्दर कास्किकोट सदरमुकाम नजिकै रहेता पनि विकासका पुर्वाधारको यथोचित विकास हुनसकिरहेको छैन ।

 

सडक: सडक विकासकोपुर्वाधार मध्य ऐक महत्वपर्ण पुर्वाधार हो  कास्कीकोट मा सडक संजाल ले लगभ सवै ठाउहरू जोडीयको पाईन्छ। हाल प्रचलनमा खड्गाउ देउराली हुदौ सराङकोट पोखरा वाग्लुङ वसपार्क , गुन्टेचौर पदली हुदै वसपार्क कृर्ष सडक ,घाटीछिना पामे हुदै वैदाम पोखरा यी मुख्य कास्कीकोट वासीले प्रयोग गर्ने मुख्य सडक हुन भने सायक संजाले प्राय सवै ठाउ जेडेको छ । मुख्य सडको स्तरउन्नती सरकारी स्तर वाट हुदै गहिरहेको छ हुने क्रममा छन । जस्ले वैकल्पीक वाग्लुङ म्याग्दीहुदै पृथ्वीराजमार्ग जोड्ने हाइवोय सडकको रुपमा भविष्य रहेको पाइन्छ ।

 

शिक्षा: हामी ग्रेटर कास्कीकोटको परीकल्पना गरीरहेका छौ जस्का निम्मती निकै महत्वपुर्ण पक्ष शिक्षाको यथोचित विकास गराउनु र हुनु पर्दछ । हाल हाम्रो कास्कीकोटको शैक्षीक धरोहरको रुपमा रहेको कालीका उच्च मावि एकमात्र उच्च मावि हो भने सिद्धवराह निमावि र अन्य प्रावी हरु रहेकाछन् । संस्थागत विध्यालय तर्फ विश्वजोती वोर्डीङ र सनफलावर वोर्डीङ रहेका छन। यी हाम्रा शैक्षीक उनन्यनका क्षेत्रहुन।

 

स्वाश्स्थ: जीवनको महत्वपुर्ण पक्ष स्वाश्स्थ हो त्यसैल्य भनिन्छ यो सवै भन्दा ठुलो धन हो भनेर । हाम्रो स्वाश्स्थ अवस्थाको लागी कार्यरत विभिन्न निकाय मध्य कास्कीकोट उपस्वाश्स्थ चौकी प्रमुख हो भने वेला वेला हुने स्वाश्स्थ सिविर लगायत स्थानीय जरीवुटी लगायत अन्य जनचेतनामुलक कार्यक्रमहरु संचालन भयको पाइन्छ ।

 

खानेपानी :   खानेपानीका लागी कास्कीकोटको माथील्लो भेगको अवस्थाको तुलनामा तल्लो भेग आत्मनिर्भर छ । माथीको भेगका लागी मरैचे र धम्मपुस वाट पानी ल्याउने काम भैरहेको छ । अन्य परीयोजना मार्फत पनी कास्कीकोटलाइ पुग्ने खानेपानीका विभिन्न योजनाहरु अघि सारीयका छन ।निकट भविष्यमा हामी खाने पानी मा आत्मनिर्भर हुने छौ।

 

संचार : ग्रामीण विकासका लागी संचारको ठुलो महत्व छ । एकाइसौ सताव्दीको दुर्त विकास आज संचार माध्यमको विकास का कारण भयको मान्न सकिन्छ । संचारको विकास केही हदसम्म भयको छ।या नेपाल टेलीकम एनसेल लगायतका मोवायल संचारको भरपर्दो माध्यमका रुपमा रहेको छ एनसेलले टावर विस्तार गरेको पाइन्छ भने नेपाल टेलीकमको अली कम रहेको छ । इन्टरनेटको लागी स्थानीय युवाहरुको पहलमा केहि समय पहिला प्रयास भयको थियो तरकामयाव हुन सकेन गुरास नेटको ओयव रहेरो जानकारी प्राप्त भयकोछ । टिभी केवल लाइन गुरुङ केवल कम्पनीले प्रधान गर्दै आयको छ यस्को अलव डिस टिभी पनि रहेको छ । हुलाक पत्रपत्रिका हरु पनि संतारको माध्यमको रुपमा प्रयोग गरीन्छ । हाम्रो आफ्नै रेडियो टिभी वा पत्रपत्रिका संचालन भने भयको छैन । स्थानीयको पहलमा साहितिक पुस्तक हरु भने वेला वेला प्रकाशन हुने गर्दछन । कास्की जिल्लाकै नामाकरण भयको ठाउवाट नाम राखियको कस्यप मिडिया हाउस संचालनमा छ भने हाल सालै हाम्रो कास्कीकोट नामक अनलाइन पत्रिका संचालनमा रहेको छ ।

 

विधुत : नेपाल विधुत प्राधीकरणले प्रधान गर्ने विधुत कास्कीकोटको सवै घरमा पुगेको छ यस्को अलवा वैकल्पीक उर्जाका स्रोतहरु सोलार इनभटर जेनेरेटर प्रयोग गरेको पाइन्छ ।

 

रोजगार : यहाको प्रमुख आयआर्जनको स्रोत भनेको वैदेशक रोजगार नै हो कृर्षी पर्यटन व्यवसाय र जागीर तथा अन्य यहाका रोजगारीका अवसर र अवस्था हो ।

 

 

 

व्यहङगम दृष्टीमा हेर्दा हाम्रो कास्कीकोटको तत्कालीन अवस्था यहिनै हो । हामी ग्रेट छौ केही तालमेल मिलाय मात्र हामीले सोच्ने गरेको कास्कीकोट विपनामा निकट भविष्यमा पाउन् छौ। कुराले चिउरा भिज्दैन हामी साना साना कामको योगले सम्वृद कास्कीकोट निर्माण गर्ने अभियान चलाउन जरुरी छ । कास्की जिल्लाकै नाम यस ठाउवाट राखियको हो भन्न र सुन्न मात्र राम्रो लाग्ने रहेछ हाम्रा इतिहासीक संरचनाहरुको जगेडा टुक्रा लथालिङ र भताभुन्ग देख्दा वल्याकिन होवाइट जिन्दगी याद दिलाउने रहेछ । त्यो यादलाइ मेटाउन रङगीन जीन्दगी वनाउन सम्वृद कास्कीकोट वनाउन हामी सवै कास्कीकोट वासी कास्कीकोट प्रेमीको एक सकल्पहुन जरुरी छ ।

 

अव कसरी ग्रेटर वनाउने हाम्रो कास्कीकोट ??

 

 

हामी सवै मिल्यै हाम्रो मोतो मिल्यो भने हामी अवस्य ग्रेटर वनाउन सक्छौ । कुनै पापड झेल्नु पर्ने कुरै छैन । मैल्य पहिले नै उल्यख गरेको छु हामी ग्रेट कास्कीकोटमा जन्मने सैभाग्य पायौ अव हामीले यहा को स्रोत र साधनको प्रयोगले नै यसलाइ ग्रेटर वनाउन सक्छौ ।

 

१)पर्यटन:विश्वकै पर्यटकीय सुन्दर नगरी पोखराको शिरमा अवस्थीत हाम्रो कास्कीकोट प्राकृतीत सज्याले सुन्दर छ त्यस कारण हाम्रो पहिलो उदेश्य पर्यटन सग सम्वन्धित व्यवसाय र यस्को विकास गर्न जरुरी मात्र हैन अत्यन्त जरुरी छ । यस्को सम्भावना अत्यधिक रहेको देख्दछु । पोखरा क्षेत्रिय विमान स्थल निर्माणको कार्य सुरुभइ रहेको छ यस्को निर्माण पश्चात सानो सहर पोखराले त्यहा आउने पर्यटको चापलाइ थेग्न सक्दैन जसकारण आसपासका विकासउन्मुख गाउहरु पर्यटको रोजायको गन्तव्य वन्ने छ । विमान स्थल वाट २० किलोमिटरको दुरीमा रहेको हाम्रो गाउ प्रर्यटकलाइ अवको आकर्षणको केन्द्र वनाउनु पर्दछ त्यसकालागी ‘इभरी टवान्टी मिनेट रेस्ट इन द नेचर’ को पर्यटकिय अकर्षणको योजना प्रभावकारी वन्न सक्दछ । जस अन्तरगत वर्षेनि पोखरा धुम्न आउने पर्यटकलाइ हामी स्वागत गर्न सक्छै हाम्रो वडा सगै जोडीयको सराङकोट विश्व भरी सन राइज र प्यारागलाइडीनको लागी प्रसिद छ ति पर्यटकहरुलाइ हामी यो योजना मार्फत कास्कीकोट आउने वातावरण मिलाउन सक्छौ । सुर्यदय सगै कास्कीकोट को वाल्क इन द नेचर अन्तरगत पाटेसुवारा रानीसुवारा हुदै वास्तलेको डाडो र सातवटा दृष्याअवलोकन केन्द्र रहनेछन जसमा मिर्गस्थली ,मेडीटेसन इस्पोट,गजल पार्क, प्राचिन कास्की राज्य दरवार,लगायत रहने छन् । जस्को विकासको लागी वृहत्तर ग्रेटर कास्कीकोटको गरुयोजना अधिसार्न सकिन्छ । जस्मा समाजवादि औध्योगीक विकासको एक परिकल्पना गरीयको छ । यस योजना अन्तर्गत सहकारीका माध्यमवाट स्थानी उत्पादन सामुहिक लगानी र सामुहिक पुजीको विकास गर्ने उदेश्य रहेको छ । यहॉको पैराडीक महत्वका विषयलाइ संग्रालय र यहाको संकृतीलाइ प्रयोग गर्दै सुन्दर वस्तीहरुमा होम स्टे रहने छन । होम स्टेको लागी हामीले छुट्टै खालको एउटा पहिचानचाहिन्छ जस्का लागी भुजेलवारी गाउ होम स्टे र मगरगाउ चिलिमडाडा होम स्टे वाट परीक्षण सुरुवाद  भइरहेको छ । यस्को सम्वावना वोकेको डावा पामे चिसापानी गिरी गाउ काउले  लगायत रहेका छन।

 

२)कृर्षी: हामी सग प्रसस्त कृर्षी उर्वर भुमी नभयतापनी हामीले यस्लाइ वैज्ञानीक ढङगले आधुनिक कृर्षी प्रणाली लागु गर्यौ भने निक्कै आर्थीक उपार्जनको सम्भावना देखिन्छ । लौसिढुङगा मिठाला चिसापानी सिमलचौर रैकर खोरीयापानी ढावमा अाधुनिक पशुपालन,मौरी पालन,लगायत जरीवुटी खेती  उत्पादनका लागी उपयुक्त छ ।

 

३) शिक्षाको विकास : सम्वृदीका लागी शिक्षा अपरीहार्य चिज हो जस्लाइ हामी नकार्नै सक्दैनै ।हाम्रो शैक्षिक धरोहर रहेको कालिका निमावी देखी उच्च मावी सम्म हाम्रा अग्रजहरुको अथक प्रयासले प्राप्तगरेका छौ । तर यो गन्तव्य हैन यस्कालागी हाम्रो पढ्ने विधार्थी युवा शक्तीलाइ गाउमै आफ्नै ठाउमा त्यस्ता खाल्का विषयको पठन पाठन गराउने स्थानी विकास र रोजगारीमा सरीक गराउन जरुरी छ जस्का लागी कालिका उच्चमावी एकवहुमखी क्यापस वनाउन पहल गर्नु पर्ने छ जाहा विज्ञान व्यवस्थापन शिक्षा जस्ता पढाइहुने कलेजको रुपमा स्थापीत गराउनु पर्दछ । यसको अलवा अयुर्वेधीक औसधालय वा  टेक्नीकल कलेजको रुपमा विकासगराउन सक्यौ भने हाम्रो विकासको विकेन्द्रकरणले हामीलाइ फाइदा गर्ने छ ।  र स्थानीय जरुवुटी देखी विभिन्न अर्थीक तथा अन्य धेरै फाइदा लिन सकिने छ ।

 

अव छोटकरीमा खानेपानी सचार विधुत स्वास्श्थ यातायतको विकास कसरी गर्ने भन्ने सम्वन्धमा केहि संछिप्त कुरा जोडन चाहान्छु । माथी उल्लेख गरीयका कुराहरूको यथोचित विकास सम्भव देखिन्छ । जस्को विकास सगै हामी लाई अपरीहार्य रुपमा खानेपानी आवश्यक पर्दछ । खानेपानीकालागी वोरीङ,वाटर पम्प  वर्षाको पानी सकलन,लगायतका योजना हुन सक्छन । संचारको विकासका लागी भरपर्दो माध्यम भनेको लेनलाइन हो जस्को विस्तारकालागी सम्भन्धीत निकायमा दवाव सृजना गर्ने र यसका वैकल्पीक उपायहरुको खोजी गर्ने गर्नु पर्छ । यस्ले अहिलेको टेक्नीकल युगमा हामी हाम्रा आफन्त स्टमीत्र सग घरमै वसिवसी फोर्जी इन्टरनेटको मजा लिन सकियोस जस्कालागी हाम्रो उक्त फिल्डका कार्यरतहरुको पारामर्स र प्रयास गर्न सकिनेछ । स्वाश्थको लागी वडामा सैया को हस्पिटल एम्वुलेन्स लगायत प्राविधीक युक्त हस्पीटल निमार्ण गर्ने । विधुतकालागी हामी आफैपनी आत्मनिर्भर हुन सक्छौ मिनी हाड्रोपावरको योजना हामी पामे अम्कुना लगायतका ठाउमा संचालन गर्ने सक्छौ ।यो सगै वगेर जानेपानी सिचॉइ गरी दोहोरो फाइदा लिन सकिन्छ । यातायातको विकास संरकारी स्तरकै मुख तक्नु पर्ने स्थीती छ पर्ख हेर र दवाव देको निती अधि सार्नु पर्दछ ।  यी सवै जती पनी कुरा उल्लेख भय यी सवै कुरा गर्नहामी लाइ अर्थीकको खाचो पर्ने छ जस्को जोहोका लागी हामी हाम्रो वडा स्तर वाट केही गर्न स्कदछौ स्थानी जरिवुटी प्रसोधन विकृ पर्यटक ट्यास मेडिटेसन औसधालय धार्मीक केन्द्को स्वामीत्व वडाको अधिनस्त रहने स्थानिय सरकारी जमीन लिजको व्यवस्था गर्ने सरकारी गैरसरकारी संस्था अपिल गर्ने हाम्रो कास्कीकोटका विभिन्न भुमीमा रहेका व्यत्तीहरुको लगानीको लागी मार्ग प्रसस्त गर्ने,वडा माताहातका विभिन्न उत्पादन मुलक क्षेत्रमा लगानी वडाउने ,विभिन्न क्षेत्रमा कार्यरतहरुको यथोचीत प्रयोग आदी गर्यौ भने अर्थीक जोहो सहजहुने छन ।

 

हामी सधै हाम्रो लागी वस्न लायक नै भयन भन्छौ अव हामी वस्न लायक वनाउने वेला आयको छ अव नगरे कहिले गर्ने हामी ले नगरे कस्ले गर्ने । मैल्य लेखेजस्तो सजीलो छैन सम्वृद कास्कीकोट वनाउन धेरै कुराको तालमेल र समिश्रण मिलाउनु पर्छ यी कुराहरु आधारभुत कुराहरु मात्रहुन पहिलो श्रेणीहुन । अन्य कुराहरू थुप्रै समया चुनौती र अवसरहरु छन जस्को खोजगर्दै अनेकतामा एकताले हामीलाइ जोड्ने छ । यो प्रयास गरीरहदा धेरै ठाउहरू छुटेका छन तर सम्भावना छन तिनलाइ जोड्ने तपाइ  हामी सवैको साझा दाइत्व हुनेछ र ग्रेट देन ग्रेटर कास्कीकोट वनाउने हाम्रो आभीवारा हुनेछ । सुझावको अपेक्षा राख्दछु ।

 

( लेखक त्रिपाठी कास्कीकोटका युवा तथा नेपाल संरकारको तर्फवाट प्रतिनीधीत्व गर्दै चिनको अर्थमन्त्रालयले आयोजना गरेको( RD) सम्वन्धी कार्यक्रमका एक सहभागी हुन।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित