Home | About Us | Contact

कास्की काँग्रेस निर्वाचन केन्द्रीत हुने

समाचारपाटी, पोखरा, ६ चैत । नेपाली काँग्रेस कास्की निर्वाचत केन्द्रीत हुने भएको छ ।

आइतबारको बैठकले पाँच वटै स्थानीय तह केन्द्रीत भएर कार्यक्रम गर्ने निर्णय गरेको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो । बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम गर्न क्षेत्र, नगर, वडा, गाउँ कार्य समिति, भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ।

बैठकले राज्य पुर्नसंरचनासँगै साविक ढिकुरपोखरी गाविस, पोखरा–२३, २४ र मादी गाउँपालिका अन्तर्गतका साविकका गाविसमा देखिएको असन्तुष्ठी सम्वोधन गर्न सम्वन्धित निकायसँग पहल गर्ने निर्णय गरेको छ। त्यस्तै, पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार पार्टीका संरचनामा पुर्नसंरचना गर्ने निर्णय गरेको छ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी पदाधिकारी एवं सदस्यलाई बधाई दिदै निर्वाचनमा सहयोग गर्ने सवैप्रति धन्यवाद व्यत्त गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित