Home | About Us | Contact

किसान जागरण सहकारी अवलोकन भ्रमणमा

समाचारपाटी, पोखरा, ६ चैत्र । पोखरा मासबार स्थित किसान जागरण बहुमुखी सहकारी संस्थाको वार्षिक कार्यक्रम अनुसार सहकारीमा आवद्ध सदस्यहरुको लागि अन्तरसहकारी तथा अवलोकन भ्रमणमा गएको छ ।

चैत ६ गते आइतबारदेखि शुरु भएको भ्रमण ११ गते पोखरा फर्कने कार्यक्रम रहेको सहकारीका उपाध्यक्ष मोतिराम बरालले जानकारी गराए । पूर्वाञ्चलका कृषि तथा सहकारी संस्था अवलोकन गरी व्यवसायीक क्षमता बृद्धि गराउने तथा धार्मिक क्षेत्रहरुको अवलोकन गराउने हेतुले आयोजित भ्रमण टोलीको नेतृत्व संस्थाका सचिव शिव प्रसाद बरालले गरेका छन् ।

भ्रमणमा संस्थाका अध्यक्ष लिलाभक्त बराल तथा व्यवस्थापक मोतिराम बरालको नेतृत्वमा गएको भ्रमण टोलीमा संस्थाका सदस्य तथा कर्मचारी गरी ९० जनाको सहभागिता रहेको संस्थाका संचालक समिति सदस्य इन्दिरा बरालले जानकारी दिइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित