कास्कीकोटमा चुनावी माहोल वढ्दो एउटै पार्टी भित्र दर्जनौ आकंक्षी

गौरव त्रिपाठी, समाचारपाटी, पोखरा, ६ चैत्र । सरकाले स्थानीय निकायको चुनावको मिती घोषणा गरे सगै पोखरा लेखनाथ महानगर पालीका २४ कास्कीकोटमा चुनावी सरगर्मी वढ्न थालेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निवार्चनमा कति व्यक्तिहरुले सामाजीक संजालवाट उम्मेदवार हुने घोष्णा गरेका छन् भने कति आफु भन्दा ठुला नेताको आर्शिवादको प्रर्खामा रहेका छन् । उन्नाइस वर्ष पछि हुन लागेको यो स्थानीय चुनावले आज भोली चिया पसल देखि खेत वारीका काम काजी ठाउँमा पनि चर्चा चल्न थालेको छ ।

अझ सम्म कुनै पनि दल आफ्नो पाट्री वाट औपचारीक घोषणा नगरे पनि भित्री रुपमा आफु निकटका व्यक्तिहरु सगँको भेट घाट तिब्र वनाएका छन् भने कति स्वतन्त्र रुपमा चुनावी माहोलमा जाने पनि देखिएका छन् । माहानगर पालीकामा गाभिए पछि को पहिलो यो निवार्चनमा साख जोगाउन र पहिलेको निरन्त्रताको भंग गर्ने दाउमा अरु राजनीतीक दलहरु रहेका छन् । यस पालीको स्थानीय निवार्चन मा अधिकांस पाट्रीका धेरै व्यक्तिहरुको आकंक्षारहेको पाट्रीका स्थानीय नेताहरु वताउछन् ।

नेपाली काङग्रेसवाट पुर्व गाउँ इकाई कमिटी सभापती टेक प्रसाद अधिकारी, भरत वहादुर अधिकारी , प्रताप अधिकारी, मनहरी सुवेदी र युवा नेता पदम वस्ताकोटी को उठाउने चर्चा चलेको छ भने सोहि पाट्री भित्रका युवा र दक्ष उम्मेदवार वनाउनु पर्ने युवा पंतिको जोड रहेको स्रोतले जानकारी दिएको छ चैत्र दश गते पछि मात्र पाट्रीले कस्लाई दिन्छ भन्ने टुङगो लागन् सकेको छैन । स्रोतले भन्यौ अव को पालो युवा नेतृत्वको हुनु पर्छ हैन भने पहिलेका जस्ता कुलो काण्ड र भकारो सुधार जस्ता कार्यक्रम हैन दिगो विकास चाहिएको छ ।

अझसम्मका प्राय ः स्थानीय निवार्चमा जित हासील गर्दे आएको द्रोस्रो ठुलो दल नेकपा एमाले पनि आफ्नो पाट्रीवाट कस्लाई उम्मेदवार वनाउने निणर्य गरेको छैन भित्रि रुप वाट चुनावी माहोल वनाउन लागेको एमालेले अवको चुनावी उम्ममेदवार युवा नेतृत्व हुनु पर्ने मा पहल गर्न थालेको छ । एमालेकै एक सदस्यले भने अव कुनै पनि हालतमा युवाको नेतृत्व हुनु पर्छ र आफ्नो ठाउँको विकासमा जोड्दिने र विकासका प्रष्त योजना र कार्वान्वयन अवको आवश्यकता रहेको वताए । एमालेको वडा अध्यक्षयमा धैरै व्यक्तिहरुले इच्छा व्यक्त गरेका छन् तर पनि अव धैरैको मन युवा पक्ति भित्रै छ । स्रोतका अनुसार एमालेको पुराना पुष्ता देखि नया पुष्ता सम्मको चर्चा चलिरहेको छ ।

एमालेको अञ्चल कमिटी सल्लाहाकार देखि पुर्व गावीस अध्यक्ष , साधारण सदस्य सम्मकाहरुले समेत उम्मेदवार वन्ने आकंक्षा देखाएका छन् । तर एमालेले यस पालीको निवार्चन जित्नको लागी पुराना पुष्ता भन्दा नयाँ पुष्तालाई निवार्चनमा लानु पर्ने पाट्रीका कतिपय नेताहरुले वताएका छन् अव । एमाले भित्र मनहरी त्रिपाठी ,ओम सुवेदी आर्शिवाद सुवेदी ,रामचन्द्र थापा टंक त्रिपाठी युवा पंतिका उम्मेदवार रहने सक्ने चर्चा चलीरहेको छ भने भिम सुवेदी इन्द्र भटराई,नारायण सुनार,वोधराज सुवेदी ,वोधराज गिरीको पनि चर्चा चलेको छ ।

माओवादी केन्द्रमा भने यो चुनावमा पाटीको अन्य पाट्री सगँ सहकार्य गर्ने सङकेत गरेको छ । माओवादी केन्द्रका कास्कीकोटका अध्यक्ष विष्णु प्रसाद तिमील्सीनाका अनुसार टंक सुवेदी, वलराम सुवेदी भिम सुवेदी को चर्चा रहेको छ भने सो पाट्रीले आज साझ सम्ममा उम्मेदवार को टुङगो लाग्ने जनाएका छन् । राप्रपा वाट तिर्थ सुवेदी ,राजु कार्की र तिर्थ सुवेदी को चर्चा रहेको छ चने नयाँ शतिवाट मिन वस्नेतको चर्चा रहेको स्रोतले जनाएको छ ।

About The Author

Contact Us On : +97761524812 | Newroad, Pokhara, Nepal.

Related posts

Leave a Reply


Your email address will not be published. Required fields are marked *