Home | About Us | Contact

उद्योग वाणिज्य महासंघमा गिरीको उम्मेदवारी

समाचारपाटी, पोखरा, ५ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारणसभामा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरीले प्रदेश नं ४ को तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

महासंघको चैत २८ र २९ मा काठमाडौंमा हुने अधिवेशन सहित साधारणसभामा गिरीलाई लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट उक्त पदमा उठाउने निर्णय गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिनु भयो । गिरीले यसअघि महासंघको विधान संशोधन उपसमिति, मेला महोत्सव उपसमिति र जिल्ला नगर वाणिज्य परिषदमा रही काम गरिसक्नुभएको छ ।

यातायात क्षेत्रमा लामो अनुभव सँगाल्दै २०५८ सालदेखि लेखनाथमा आई पेशा ब्यवसाय शुरु गर्नुभएका गिरीले लेखनाथ उद्योग वाणिज्य संघको विभिन्न पदमा रही कुशलतापूर्वक जिम्मेवारी सम्हालीसक्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित