प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, मुस्ताङबाट एमाले उमेद्वार प्रेम प्रसाद तुलाचन विजयी

समाचारपाटी, पोखरा, २२ मंसिर । प्रतनिधिसभामा बाम गठबन्धनले खाता खोलेको छ ।

मुस्ताङबाट प्रतिनिधिसभामा एमाले उमेद्वार प्रेम प्रसाद तुलाचन ३५४४ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस का उमेद्वार रोमी गौचन थकालीको ३२८१ मत सहित पराजीत भएका हुन् ।

यसैबीच बाम गठबन्धनले प्रदेशसभामा पनि खाता खोलेको छ । मुस्ताङको प्रदेश क बाट एमालेका ईन्द्रधारा विष्ट ११६७ मत समित विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ख को मतगणना जारी छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top