कास्की कांग्रेसका उमेद्वारले नेपाललाई हिन्दु राज्य बनाउने एजेन्डा उठाए

पोखरा, १६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की कांग्रेसका उम्मेदवारहरुले हिन्दु राज्य स्थापनाको एजेन्डालाई उठाएका छन् । विकास निर्माण र समृद्धिसँगै उनीहरुले नेपाललाई हिन्दु राज्य बनाउने एजेन्डालाई मतदातासामु राखेका हुन् ।

प्रतिनिधिसभाका लागि तीन, प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्यक्षका ९ सहित समानुपातिकतर्फ गरी कांग्रेसका १६ उम्मेदवार छन् । सबै उम्मेदवकारको तस्वीरसहितको विज्ञापनमा लेखिएको छ, ‘जनमत संग्रहद्वारा हिन्दु राज्यको स्थापना गरौं ।’

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top