४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु [ कास्की, बाग्लुङ, पर्बत, मनाङ, स्याङजा ]

कास्की :- सवारी दुर्घटना
मिति २०७४/०८/१४ गते अं.११:४५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-३० डुडाको मुखमा ग १० प ४९८२ नं.को मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुंदा २ जना घाईते भई उपचारको लागि सामुदायिक अस्पताल शिसुवा पठाईएको, घटनास्थलमा ईलाका प्रहरी कार्यालय शिसुवाको प्रहरी टोलि खटि गई मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

कास्की :- सवारी दुर्घटना
मिति २०७४/०८/१४ गते जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-१७ बरालफिटमा ग ११ प ७०९९ नं. को मोटरसाईकलले ठक्कर दिंदा पैदल यात्री बिरौटा बस्ने वर्ष ५० की कृष्ण कुमारी गुरुङ र मोटरसाईकल चालक वर्ष १८ को गोबिन्द ढकाल घाईते भई उपचारको लागि नमस्ते अस्पताल बिरौटा पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

बाग्लुङ :- संकास्पद बस्तु फेला पारेको
मिति २०७४/०८/१४/ गते अं ११:०० बजेको समयमा बाग्लुङ नगरपालिका १० भकुण्डे स्थित वर्ष ३६ को कमल थापाले मेरो बारीमा सङकास्पद बस्तु ९हेन ग्रिनेट जस्तो बस्तु  छ भनि जानकारि गराउन साथ तत्काल प्रहरी टोलि खटि गई बुझदा उक्त सङकास्पद बस्तु जि आई पाइपमा राखिएको बम जस्तो देखीएकोले नेपाली सेनाको टोलि समेत उक्त स्थानमा पुगि संयुक्त रुपमा अनुसन्धान गर्दा ग्रिनेट बम नै भएको पुष्टि भई १४/१५ बजेको समयमा बम भएको स्थान देखि ५०० मिटर पश्चिम लगि डिस्पोज गरिएको छ ।

पर्बत : शव फेला
मिति २०७४/०८/१४ गते अं १४:३०बजेको समयमा जिल्ला पर्बत फलेबास नगरपालिका वडा नम्बरस-१० बाच्छा स्थित लुघाखोलाको किनारमा नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४५/५०को पुरुष मानिसको मृत शव फेला परेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटी गई थप अनुसन्धान गरिरहेको छ ।

मनाङ :- लेक लागेका बिरामिको उपचारको क्रममा मृत्यु
मिति २०७४/०८/१४ गते अं.१४:५० बजे समयमा जिल्ला मनाङ स्थित राष्ट्रिय निर्वाचन आयोग काठमाण्डौबाट खटी आएका ६ जना कर्मचारी मिति २०७४/०८/१० गते जिल्ला लम्जुङको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अनुगमन गरी मिति २०७४/०८/११ गते लम्जुङबाट मनाङ तर्फ आउनु भई १२/१३ गते तिलिचो ताल घुमफिर पश्चात होटल न्यू तिलिचो बेश क्यापमा बसेकोमा १४ गते जिल्ला भत्तपुर मध्यपुरठिमी ११ बस्ने वर्ष ४६ को उमेशकाजी श्रेष्ठ लेक लागि बिरामी भई हेलिकप्टर मगाई टिचिङ अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भनी आज मिति २०७४/०८/१४ गते १४:५० बजेको समयमा निजको साथीबाट खबर प्राप्त भएको छ ।

स्याङजा :- सवारी दुर्घटना
मिति २०७४/०८/१४ गते १४:३० बजेको समयमा स्याङजाको भिरकोट न.पा. १ मुल्की चौतारा स्थित सिद्वार्थ राजमार्गमा पोखराबाट वालिङतर्फ आउदै गरेको ग ८ प ७०७१ न.को मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको लु ३२ प २२९३ न.को मोटरसाईकलले साईड दिने क्रममा ठक्कर खादा गल्याङ न।पा। ८ मालुङ्गा बस्ने वर्ष २३ को सुरज श्रेष्ठ वर्ष २२ को विनोद थापा घाईते भई प्रशान्त मेडिकल दहथुममा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको र घटनास्थलमा प्रहरी टोलि खटि गई दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

स्याङजा :- बिप्लवका कार्यकर्ता पक्राउ
मिति २०७४/०८/१४ गते अ.१४:०० बजेको समयमा जिल्ला स्याङजा फेदीखोला गाउपालिका २ फेदीखोला बजारमा खटिएको प्रहरी टोलिले बिप्लव समुहका सकृय कार्यकर्ता सोही ठाउँ बस्ने वर्ष ४८ को प्रेम बहादुर अधिकारीलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय स्याङजामा पठाईएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top