fbpx

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिनुभएकाे छ। न्यूयोर्कको एउटा जुरीले ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै ५० लाँख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको बीबीसीले जनाएको छ। 

ट्रम्पले झुटो बोलेर आफ्नो बदनाम गरेको उहाँले आरोप लगाउनुभएकाे थियाे। लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताउनुभएकाे थियाे। क्यारोलले लगाएको बलात्कारको गम्भीर आरोप भने अदालतले अस्वीकार गरेको छ। 

ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेको र उहाँका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने बताएको बीबीसीले जनाएको छ। ट्रम्पले राजनीतिक प्रभावमा गरिएको झूठो मामिला भएको आरोप लगाउनुभएकाे छ।

आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भन्नुभएकाे छ,‘आज विश्वले वास्तविकता थाहा पाएको छ। यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो।’ यो फैसलाले अबको राष्ट्रपतिको निर्वाचनमा लड्नका लागि ट्रम्पलाई ठूलो धक्का पुगेको आँकलन गरिएको छ। 

यो ट्रम्पले सामना गरिरहेको कैयौँ मुद्दाहरूमध्ये एक हो। एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुपचाप रहन रकम दिएको, अमेरिकी संसद् भवनमा दंगा फैलाउन भूमिका खेलेको र सन् २०२० को चुनाव आफ्नो पक्षमा पार्न लागिपरेको जस्ता अन्य आरोपहरू पनि ट्रम्पले सामना गरिरहनुभएकाे छ।

एक जना महिलाले सन् १९७० को दशकमा उडानका समयमा ट्रम्पले आफ्नो इच्छा विपरीत स्पर्श गरेको बताउनुभएकाे थियाे। अर्कीले सन् २००५ मा एउटा लेखका लागि अन्तरवार्ता लिने क्रममा ट्रम्पले जबरजस्ती ढङ्गले आफूलाई चुम्बन गरेको बताउनुभएकाे थियाे।

बीबीसी


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने