यस्तो हुदैछ ‘कर्पोरेट कनेक्शन’को तयारी

पोखरा, १३ मंसिर । पोखराको ‘कर्पोरेट कल्चरको विकास गर्ने उद्देश्य सहित हुन लागेको दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी‘एएसएपी’ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी दिएको हो । कार्यक्रम आगामी मंसिर १६ गते चाउथेस्थित रोयल पाम रिसोर्टमा हुँदैछ ।

पोखरा एउटा इमर्जिङ सिटी हो । र, यहाँको कर्पोरेट कल्चर दिनानुदिन बढ्दैछ । यद्यपी सोहि कुरालाई सपोर्ट गरोस् भन्ने हेतुले हामीले यो कन्सेप्टमा इभेन्ट ल्याएकाहौँ ।’ आयोजक संस्था एएसएपीका अध्यक्ष सन्तोष अधिकारीले भने–‘अघिल्लो सँस्करणको बेलामा यो इभेन्टको सक्सेस रेटले पनिहामीलाई पुनः यो कार्यक्रम गर्न उक्साएको हो ।’ उनले यो इभेन्टलाई हरेक वर्ष गरिने जानकारी समेत दिए ।

कर्पोरेट क्षेत्रका मानिसहरु बीचको संजालविस्तार, रिफ्रेसमेन्ट, अन्तरक्रिया र आइडिया शेयरिङलाई थिमबनाएरआयोजकले यो कार्यक्रमगर्न लागेको हो । कार्यक्रममा कर्पोरेट क्षेत्रका मानिसहरुलाई लक्षितगर्दै रञ्जितआचार्यको विशेष प्रवचन समेत राखिएको छ । आचार्यले ‘कर्पोरेट’ क्षेत्रका मानिसहरुलाई  प्रोत्साहनगर्ने खालको प्रवचन कार्यक्रममा दिनेछन् । त्यो बाहेक उनीहरुलाई ‘रिफ्रेशमेन्ट’को लागिविशेष साँगीतिक तथा हाँस्य कार्यक्रम पनि त्यो दिनहुनेछ ।

साँगीतिक तथा हाँस्य कार्यक्रममा गायकतथा संगीतकार कालीप्रसाद बाँस्कोटा, नायिका निता ढुंगाना, हाँस्यकलाकार जोगिन्दर पानवाला र जादुगर सुरज मैनालीको विशेष प्रस्तुती रहनेछ । कार्यक्रमको होस्टको रुपमा जिपी तिमिल्सिना र निशापन्थी रहेका छन् ।

२०१६ मास्थापितइभेन्ट कम्पनी ‘एएसएपी’ले यसअगाडि सोहि वर्ष ‘कर्पोरेट कनेक्सन’को  पहिलो सिजन गरेको थियो । ‘कर्पोरेट’ क्षेत्रका मानिसहरु बीचको ‘गेट टुगेदर’ले आपसी भाई चाराको विकास गर्न सहयोग गरेको भन्दै यो ‘इभेन्ट’को पुनःमाग भएपछि कम्पनीले यसलाई वर्षेनीआयोजना गर्ने तयारी गरेको हो । यो कम्पनीले नेपालसँगै अष्ट्रेलियामा पनि विभिन्नखाले इभेन्टहरु गर्दै आएको छ । यो बीचमा कम्पनीले अष्ट्रेलियामा फिल्मप्रदर्शन, साँगीतिक कार्यक्रम गरिसकेको छ भने अब एउटा नेपाली फिल्म निर्माणको तयारीमा छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top