कास्कीकोटको विकाशमा सघाउँछौँ : जगत

पोखरा, ११ मंसीर । बाम गठबन्धन क्षेत्र नं ३ का साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियान अन्र्तगत आज कास्कीको अन्नपूर्ण गाउपालिका १ ढिकरपोखरीको धारापानीमा कोण सभाको सम्पन्न गरी पोखरा लेखनाथ २४ कास्कीकोटका बिभिन्न बस्तीमा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा कास्कीकोटका पहरेपानी, मान्द्रेढुंगा, मौला, र देउरालीमा कोणसभा समेत गरिएको थियो । ती स्थानहरुमा आयोजना गरिएको  कोणसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार जगत विश्वकर्माले जनताका सबै हक अधिकारलाई सुरक्षित गर्नका लागि देशमा बहुमतसहितको सरकार खाँचो रहेको बताउदै यसपटक बामगठबन्धनलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो । बाम गठबन्धनले स्थायी सरकार, शान्ति, सुव्यवस्थाको ग्यारेण्टी गर्ने उनको भनाई थियो । विकाशको दृष्टिकोणले कास्कीकोट सम्भावना नै सम्भावना भएको ठाउँ भएकाले यसलाई धार्मिक पर्यटनसंग जोडेर विकाश गर्ने विकले बताए ।

त्यस्तै क्षेत्र नं ३ प्रदेशसभा २ का उम्मेदवार राजीव पहारीले कास्कीकोटको ऐतिहासिक महत्व बुझेर यहाँका धार्मिक स्थलहरुको संरक्षण र संम्बद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समानुपातिक उम्मेदवार मित्रकुमारी गुरुङ सुवेदी, पुष्पा केसी भण्डारी, दुर्गा विक, लगायतले अगामी २१ गते हुनलागेको निर्रवाचनमा बामगठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई कास्की जिल्लाको समग्र बिकाशका लागि पनि  बिजय गराउन आग्रह गरे । सो अवसरमा नेताहरु पुण्य पौडेल, गोमा ढकाल, संजीव बहादुर कोईराला लगनयतले बोलेका थिए । कार्यक्रममा गोविन्द अधिकारी, भीमलाल भुँगाई, दिनेश नेपाली,  अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गौतम , क्षेत्र नं ३ का सामाजिक सञ्जाल परिचालन संयोजक जर्नादन सुबेदी लगायतको पनि सहभागिता थियो ।

त्यसै अवसरमा कलाकारहरु प्रजापती पराजुली, तारपती सुवेदी लगायतका कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरे । यस्तै भोली कास्कीको पदेलीमा  पूर्वान्ह ११ बजे कोण सभा आयोजना गरिएको अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गोतमले जानकारी दिए ।

स्थिर सरकारले नै रुपाको मुहार फेर्छ : अधिकारी

चिल्लो बाटो बनाउछौ कोइराला  बाम गठबन्धनले चुनावी अभियान लाई तिव्र पारेका छन् । कास्की क्षेत्रनं १ प्रतिनिधि सभा सदस्यका बाम गठबन्धका साझा उम्मेदवार एव पुर्ब स्वास्थ्यमन्त्री खगराज अधिकारीले बामगठबनधन लाई भारिमतले विजयी गराउन मतदाता संग आग्रह गर्नुभएको छ । अधिकारीले नेपालमा स्थिर सरकार नहुदा विकास निर्माणमा पछाडि परेको बताउदै स्थिर सरकार संगै विकासले फड्को मार्ने बताउनु भयो ।

आज कास्कीको रुपा गाँउ पालिकाको पोल्याङमा कोण सभा लाई सम्बोधन गर्दे अधिकरीले प्रतिनिधि सभामा आफु र प्रदेश सभा १मा बाम गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालालाई विजयी गराउन आग्रह गर्नुभयो । अधिकरीले केन्द्र सरकार र प्रदेश सरकार निर्माणको लागि दुवै जनाले जित्नु पर्ने भन्दै कास्की लाई लाल किल्ला बनाउने उद्घोष गर्नुभयो । दीपक कोइराला क्रिकेट संघको पुर्व केन्द्रीय अध्यक्ष,पश्चिामाञ्चल खेलकुदविकास समितिको पुर्व अध्यक्ष समेत रहेर कुशल कार्य गरेकोले अब कृषि, पर्यटन र खेलकुदको माध्यामबाट यस ठाँउको विकास गर्न सकिने बताउनु भयो । उहाँले अबको ५ बर्षमा रुपाको मुहार फेर्ने उदघोष पनि गर्नुभयो ।

प्रदेश सभा १ का उम्मेदवार दीपक कोइराला (रुपक)ले रुपाको विकासको लागि मुख्य आबश्यकता सडक कालोपत्रे रहेको बताउनु भयो । उहाँले सडक कालोपत्रे संगै विकास रुपामा आइपुग्ने बताउनु भयो । पर्यटनको सम्भावना रहेको रुपाको विकासगर्ने  जिम्मा दिन आग्रह गर्नुभयो ।संविधान ल्याउन संघर्ष गर्दा आर्मीको  गोली खाएर पनि बाचेको नाफाको  जिन्दगी अब यहि ठाँउको विकासमा सम्पर्ण गर्ने बताउनु भयो । घरदैलो अन्तरगत आज रुपा ४ खाल्टे, रुपा ५ देउराली,देउराली फेदि लगायतको क्षेत्रमा घरदैलो संगै कोण सभा भएकोे माओबादी केन्द्रका केन्द्रीय सदस्य अमरदिप पराजुलीले जानकारी दिनु भयो । घरदैलोमा माओबादी केन्द्र कास्कीका संयोजक बखान सिह तमु आभास,पुर्व कर्नेल पाइलट मदन केसी ,समानुपातिक उम्मेदवार गायत्री गुरुङ( कुशुम) सन्त बहादुर भुजेल ,एमाले नेता कालिदास सुवेदी लगायतका नेताहरुको  सहभागीता रहेको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top