लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । उहाँले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १ सय ८८ मत अन्तरले हराउनुभयाे ।
पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ र देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयाे । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १ सय ९२ मत खसेको थियो । तीमध्ये २ हजार ३ सय ८४ मत बदर भएको छ ।
निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बन्नुभएकाे थियाे । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित हुनुभएकाे थियाे ।
प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गर्नुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २ सय ३१ मत पाउनुभएकाे छ । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४ सय ५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १ सय ४८ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । कूल खसेकोमध्ये प्रतिनिधि सभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।