पोखरामा पाँचदिने कला प्रदर्शनी सम्पन्न

पोखरा, ५  मंसिर । कलाकार क्षेत्रलाल कायस्थको पाँचदिने कला प्रदर्शनी मंगलवार पोखरामा सम्पन्न भएको छ ।


कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानको आयोजनामा भएको सो कला प्रदर्शनीमा पोखराको महेन्द्रपुल स्थित पीएसएम आर्ट ग्यालेरीमा सम्पन्न भएको हो ।

सो कला प्रर्दशनीमा उल्लेख्य दर्शकको सहभागिता रहेको प्रतिष्ठानका संरक्षक एवं कलाकार क्षेत्रलाल कायस्थले वताए । एग्रेलिक कल्चरको २१ वटा अमूर्त चित्र समावेश सो कला प्रर्दशनी कायस्थको १२ औं कला प्रदर्शनी भएको कलाकार कायस्थले वताए ।

उनले कला प्रदर्शनीले समाजमा कलाको विकास गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे । विगत पाँच दशकदेखि निरन्तर कला साधनमा लागेका कायस्थले यसअघि अष्टेलिया, भारत र नेपालका विभिन्न स्थानमा कला प्रदर्शनी गरिसकेका छन् ।

संस्थले समाजमा कलाको विकास गराउनको लागि विद्यालय तहमा कलाकारिता प्रशिक्षण दिने अभियान संञ्चालन गर्न लागेको संस्थाका सचिव कमल पौडेल अथकले जानकारी दिएका छन् ।

यसैवीच प्रतिष्ठानले प्रत्येक दुई वर्षमा वितरण गर्ने गरी रु ५० हजारको नवीन कला श्री पुरस्कार घोषणा गरेको छ । सो पुरस्कारको अक्षयकोष तत्कालको लागि ३ लाख कायम गरिएको छ । अक्षयकोष र पुरस्कारको राशी पछि वढाउँदै लगिने संस्थाका उपाध्यक्ष निरज कायस्थले वताए ।

प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक क्षेत्रलाल कायस्थ, उपाध्यक्ष निरज कायस्थ र सचिव कमल पौडेल अथकले समाजका कलाकारको भूमिकाको वारेमा वोलेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित