अमरसिंहचोकमा ग्लोबल आइटी

पोखरा, १ मंसिर । कम्प्युटर सम्बन्धी विभिन्न कोर्ष अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी पोखराको अमरसिंहचोकमा ग्लोबल आइटी एजुकेसन सञ्चालनमा आएको छ । ग्लोबल आइटीको मंसिर २ गते शनिबार औपचारिक उद्घाटन हुँदैछ । युवा व्यवसायी तथा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीका सचिव विकास भुर्तेलले ग्लोबल आइटी सञ्चालनमा ल्याएका हुन् ।

अमरसिंहचोक, लेखनाथ तथा पोखरा आसपासका विद्यार्थीलाई लक्षित गरी ग्लोबल आइटी सञ्चालनमा ल्याइएको उनले बताए । पोखरामा करिब एक दशकदेखि कम्प्युटर शिक्षामा सक्रिय रहँदै आएका भुर्तेलले सिर्जनाचोकमा समेत कम्प्युटर शिक्षा प्रदान गर्ने सेगा एजुकेशन फाउण्डेसन प्रालि सञ्चालन गरिहेका छन् ।

ग्लोबल आइटीमा सूचना तथा प्रविधिसँग सम्बन्धी सम्पूर्ण कक्षा सञ्चालन हुने भुर्तेलले बताए । ‘पोखरा क्षेत्रमा कम्प्युटर शिक्षा सम्बन्धी मेरो लामो अनुभव छ,’ उनले भने, ‘एक दशकदेखिको अनुभवबाट अझ बढी स्तरीय कक्षा सञ्चालन गर्ने लक्ष्यसहित ग्लोबल आइटी सञ्चालनमा ल्याइएको हो ।’

ग्लोबल आइटीमा दक्ष प्रशिक्षकद्वारा कक्षा लिइने उनले बताए । ‘कक्षा कोठाहरु आधुनिक प्रविधियुक्त बनाइएको छ,’ उनले भने, ‘कम्प्युटर ल्याबमा ल्यापटप जडान गरिएको छ ।’ ग्लोबल आइटीमा कम्प्युटर बेसिक, डिप्लोमा, ग्राफिक्स डिजाइनिङ, वेवपेज डिजाइनिङ, वेव डेभलपमेन्ट, हार्डवेयर एण्ड नेटवर्किङ, चिपलेवल हार्डवेयर, ल्यापटप मदरबोर्ड रिपेरिङ तालिम सञ्चालन हुने भुर्तेलले जानकारी दिए ।
‘अन्य विभिन्न कम्प्युटर सम्बन्धी कोर्षका साथै भाषा कक्षा सञ्चालन हुन्छ,’ उनले भने । अंग्रेजी, चाइनिज, जापानीज लगायतका भाषा कक्षा सञ्चालन गरिने उनले बताए । ‘ट्युसन तथा कोचिङ कक्षासमेत सञ्चालन हुन्छ,’ भुर्तेलले भने, ‘विद्यार्थीका लागि आवश्यक प्राय कक्षाहरुका लाािग अब अन्त जानु पर्दैन ।’

ग्लोबल आइटीमा कम्प्युटर शिक्षा लिनका लागि विद्यार्थीको भिड लाग्नेमा आफू विश्वस्त रहेको भुर्तेल बताउँछन् । अमरसिंहचोकमा स्तरीय कम्प्युटर इन्स्टिच्युटको आवश्यकता महसुस गरी आफूले लगानी गरेको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित