पञ्चासेबाट पर्वत जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

समाचारपाटी, पोखरा, १ मंसिर । कास्कीको पञ्चासेबाट पर्वत जाँदै गरेको बस दुर्घटना भएको छ ।

पञ्चासे मेला सकेर पर्वतको कुस्मा जाँदै गरेको ध १ ख ८७ नम्बरको बस आर्थर नजिकैको भिरबाट करीब १ सय ५० मिटर तल खसेको घटनास्थलमा रहनुभएका प्रहरी नायव निरिक्षक भरत प्रसाद पौडेलले समाचारपाटीलाई जानकारी दिनुभयो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरी नायव निरिक्षक पौडेलले बताउनुभयो । मृत्यु हुनेको पहिचान हुन सकेको छैन । दुर्घटनामा घाईंते भएका १४ जनालाई उपचारको लागि पोखरा ल्याईदैछ ।

बसमा करीब ३५ जना यात्रु रहेको अनुमान गरिएको छ । उद्दार कार्य जारी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित