मुटु, मस्तिष्क र कपालको लागि लाभदायक यी १० आहार

केहि खाद्य पदार्थ यस्ता हुन्छन्, जसले शरीरको अलग-अलग अंगलाई सिधा प्रभावित गर्छ अर्थात् ती खाद्य पदार्थले पोषण प्रदान गर्छ । यस्ता आहारको सेवन नियमित रूपमा गर्दा शरीरिक समस्याहरूबाट मुक्ति पाउन सहज हुन्छ । हामी आज यस्ता आहारको बारेमा चर्चा गर्दैछौँ, जो शरीरको यी अंगको लागि निकै फाइदाजनक हुन्छ ।

१-मुटु

यदि तपाई आफ्नो मुटुलाई स्वस्थ बनाई राख्न चाहनुहुन्छ भने आहारमा पकाएको आलू, आलूबखडाको जूस र टमाटर अवश्य खानुहोस् ।

२-फोक्सो

फोक्सोलाई स्वस्थ राख्नको लागि ब्रोकली, स्प्राउट्सको नियमित सेवन गर्नुहोस् । यसलाई तपाई अलग-अलग तरिकाले खान सक्नुहुन्छ, जस्तै:- सलाद वा सब्जीको रूपमा ।

३-आँखा

आँखालाई स्वस्थ राख्नको लागि अण्डाको पहेँलो भाग, मकै र गाँजरको सेवन गर्नुहोस् । यसले तपाईको आँखालाई कमजोर हुन दिँदैन ।

४-मस्तिष्क

शरीरमा सबैभन्दा बढी सक्रिय मस्तिष्क रहन्छ । यसलाई स्वस्थ राख्न अत्यन्त आवश्यक हुन्छ । यसकारण तपाई आफ्नो खानामा साल्मन, टूना माछा र यसको साथै सार्डिन नामक एक सानो माछा हुन्छ, यसको पनि सेवन गर्नुहोस् । जो शाकाहारी हुन्छन्, उनीहरूले अखरोटको सेवन गर्न सक्छन् ।

५-कपाल

कपलालाई आकर्षक एवम् बाक्लो र बलियो बनाउन चाहनुहुन्छ भने यसको लागि आहारमा साल्मन, हरियो सागसब्जी र बीन्स समावेश गर्नुहोस् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित