अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा, २८ कार्तिक । सिद्धार्थ क्लवको आयोजना तथा भुमी अधिकार मञ्च कास्की, महिला अधिकार मञ्च कास्की र युवा नागरिक समाज कास्की संगको सहकार्यमा भूमि युवा र महिला सबालमा राजनितिक दलको भूमीका बिषय अन्तरक्रिया कार्यक्रम मंगलबार डि भिलेज रेष्टुरेण्ट चिप्लेढुङ्गामा सम्पन्न भएको छ ।सिद्धार्थ क्लव पोखराका अध्यक्ष रबी मर्सानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादर जि.सीले अवको पाचँ बर्ष भित्रै पोखराका सुकुम्बासीको उचित व्यवस्थापनका लागि महानगर लागि परेको भन्दै अव न्युनतम आवश्यकता समेत पुरा नहुने गरी नदि किनार र जोखिमपूर्ण स्थानका बास स्थानान्तरणका पक्षमा रहेको बताए ।
सभाध्यक्ष रवि मर्सानीले समापन कार्यक्रममा बोल्दै भुमि, युवा र महिलाका सवालहरुमा सिद्धार्थ क्लवले कार्यक्रमहरु गरिरहेको जानकारी गराउदै यि सवाल र सरोकारवालाहरु संगको सम्बन्ध निरन्तर कायम राख्ने प्रतिवद्धता व्यक्त गरे भने कार्यक्रमका अतिथी तथा रुपा गाँउपालिका अध्यक्ष नवराज ओझाले बिदेशीएका युवालाई स्वरोजगार बनाउने आफ्नो योजना रहेको भन्दै आफ्नो कार्य अवधिमा पचास प्रतिसत युवालाइ स्वदेशमै स्वरोजगार बनाउने उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रमका अर्का अतिथी तथा अन्नपूर्ण गाँउपालिका अध्यक्ष युवराज कुवँरले अन्नपूर्ण गाँउपालिका पर्यटन र जरीबुटीमा धनि रहेको भन्दै यसको बिकासमा लाग्ने बताउनु भयो । भने कार्यक्रममा महिला बिकास कार्यालय कास्कीका महिला विकास अधिकृत लक्ष्मी जि.सी. नेपाली कांगे्रस कास्कीका जिल्ला सचिब रामराज लामिछाने, ऐमाले कास्कीका सह सचिब प्रभा कोइराला, पाखरा लेखनाथ महानगर पालिका वडा २१ का वडा अध्यक्ष खगराज आर्चाय लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गंगाधर पराजुली सुस्मा पौडेल र हेमराज अधिकारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित