मलेसियाविरुद्धको खेलमा पनि दिपेन्द्र हिरो,

काठमाडौं, २८ कार्तिक । एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा नेपालले मलेसियाको चौथो विकेट झारेको छ । नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण पाँच घण्टा ढिला गरी सुरु भएसागै दमदार वपनिगं गरेको मलेसियाको त्यो दम धेरै बेर टिकेन । नेपाली बलरहरु मलेसियाका ब्यट्यासम्यान बिरद्ध हावी भएपछि मलेसियाको खेल अहिले धरमराएको छ छैटौं ओभरको चौथो बलमा अनिल शाहले मलेसियाका ओपनर विरन्दिप सिंहलाई १० रनको स्कोरमा आउट गरे ।


लगत्तै सातौं ओभरमा कप्तान दिपेन्द्रले कुनै रन नदिइ साइद अजिज र सौनविन्दर सिंहलाई आउट गरे । सातौं ओभरमा सन्दिप लामिछानेले मुहम्मद हफिजलाई एलबिडब्लु आउट गरे । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ । यसअघि आइतबारको आफ्नो दोस्रो खेलमा नेपालले भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकाल्दै शानदार खेल खेलेको थियो । समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । यसैगरी समूह ए कै भारत र बंगलादेशबीचको खेल पनि ३२ ओभरमा झारिएको छ ।

.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित