एनबीआर्इ र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं, कात्तिक २७ । नेशनल बैंकिङ इन्स्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चाल नगर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौताअनुसार एनबीआइले माछापुच्छ्रे बैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित