‘जानी नजानी’ले चर्चामा राजेश

गायक राजेश लामाको स्वर रहेको ‘जानी नजानी’ बोलको गीत अहिले तन्नेरी पुस्तामा चर्चामा छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माले मोडलिङ गरेका छन् ।

यो गीतको भिडियोमा युटुबमा ८ लाख भन्दा बढी पटक हेरिएको छ।यसैले पनि राजेश दंग देखिएका छन् । उनले भने-दर्शकले निकै रुचाउनु भएको छ उत्साहित छु ।

स्कुलमा आयोजना हुने विभिन्न कार्यक्रममा गाउदै आएका राजेश पेशाले कुक हुन् । उनको कर्मक्षेत्र युएइ रहेको छ । गीतकै लागि केही दिन नेपाल आएका राजेश ०६८ सालमा नारायण गोपाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमले आफ्नो जीवनमा टर्निङ प्वाइन्ट आएको बताउँछन् ।

उक्त कार्यक्रममा सहभागी भएपछि मलाई निकै राम्रो भयो । त्यसपछि श्रोतालाई मन पर्ने गीत गाइरहेको छु ।’ उनले भने । त्यसो त उनी नयाँ एल्बमको तयारीमा पनि छन् । आफ्नो कामसँगै निरन्तर सांगीतिक क्षेत्रमा नै लाग्ने उनको योजना छ । ‘जानी नजानी’ गीत सार्वजनिक भएपछि उनका प्रशंसक पनि बढेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top