अमेरिकामा गुञ्जियो आनीको ‘फूलको आँखामा फूलै संसार’

क्यालीफोर्निया,२६,कार्तिक । कालजयी गीत फूलको आँखामा फूलै संसार अमेरिकाको Tresidder Memorial Union, 2nd Floor Stanford, CA 94305 मा गुञ्जिएको छ । स्टान्र्डफोर्ड कलेजमा बुद्ध धर्म पढाइको सुरुवात भएको २० वर्ष पूरा भएको अवसरमा गायिका आनीको यो जीवन्त गीतले स्थान पाएको हो ।

कार्यक्रममा ९० प्रतिशत भन्दा बढी बिदेशीहरुको सहभागीता रहेको थियो । यो निकै नै लोकप्रिय गीतको चर्चा विश्वभर भइरहँदा अमेरिकामा रहेको विश्वकै चर्चित विश्वबिद्यायलमा बुद्ध धर्मको पढाइ सुरुवात भएपश्चात आयोजना गरिएको एक विशेष कार्यक्रममा न्यहू बज्राचार्य र आनीको यो गीतको पनि विशेष चर्चा भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित