१७ हजार मरेर ल्याएको मेरो देशको लोकत्रन्त्र र गणत्रन्त्र

समाचारपाटी, पोखरा, २४ कार्तिक l बर्दिया सदरमुकाम जोडने १६ करोडको लागतमा बनेको पुल भाच्चियर नदि छुन लागिसक्यो, तर ठेकदार पप्पु यादब उल्टो थर्काउछ बा ! बाफरे दादागिरी !! त्यो पनि देस बनाउने राजनीतिग्य रे ! यो ठेकेदार चुनाबमा उठेका रहेछन, यिनलाई कदापि भोट हाल्नु हुदैन l

आफु पिल्लर बलियो नबनाउने अनि डिजाइनर लाइ दोष दिने ? क्या गज्जब बा छ l बरु सिमेन्ट बालुवा र रडलाइ दोस दिउ, त्यो कुरा पत्त्याएनन भने भौगोलिक अवस्थालाई दोस दिनु l विदेशतिर समुन्द्रमा पुल हाल्दा, घर बनाउदा भासीन्न तर नेपालमा जमीनमा पुल हाल्दा भाचिंछ , के अचम्ब गाठे ? अर्को कुरा कारबाही गर्ने निकाए चाँही किन मौन ? उत्तर गाह्रो छैन, कमिसनले गर्दा कारबाही गर्न मिलेन ! कारबाही भै हाल्यो भने पनि नाम मात्रको जनताको आखामा छारो हाल्न र औपचारिकता पुरा गर्न मात्र गरिन्छ l

गल्ति गरेर गल्ति नस्विकार्ने तर गल्ति प्रमाणित भएमा ढाक् छोप गर्ने अनि प्राबिधिक त्रुटी देखाएर पन्छिनेलाइ राज्यले उचित क्षेती पूर्ति र कारबाही नगर्ने हो भने भ्रस्टचार मौलाउनुको दोषी केवल सरकार नै हुन्छ l भ्रस्टचारीको मनोबल बढाउने हो भने बरु “भ्रस्टचार पुरुस्कार” को स्थापना वा व्यवस्था गरौ l किनकि देस बिगार्नेलाई दण्ड नगर्नु भनेको पुरुस्कार दिनु बराबर नै हो l राजनितिग्य कर्मचारी र ठेकेदार मिलेर भ्रस्टचार गरेपछि कारबाही गर्ने कसले ? किनकि अखित्यारमा पनि यिनैले नियुक्त गरेका मान्छे छन् l

अदालतमा पनि यिनैले नियुक्ति गरेका मान्छे छन् l त्यसैले ढुक्कले भ्रस्टचार गर्ने बाताबरण बनेको छ l त्यसैले सडकको पिच ३ महिना नटिक्नु र पुल भाचिनु कुन नयाँ कुरा भयो र याँहा ? न कुनै मापदण्ड, न कुनै डर, न कुनै लाज,न कुनै जिम्मेबारी , यस्तै छ १७ हजार मरेर ल्याएको मेरो देशको लोकत्रन्त्र र गणत्रन्त्र l
मिन बहादुर पण्डित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित