सबै उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन् मुख्यदलहरुले

काठमाडौं,१६ कार्तिक । दोस्रो चरणको चुनावका लागि अहिले १० बजेदेखि मनोनयन दर्ता हुँदै छ । तर, मनोनयन गर्ने दिन भएपनि मुख्य दलहरुले सबै उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन् ।

उम्मेदवारको नाम टुंगो लगाउन दलहरु अझै छलफलमा व्यस्त छन् । नेपाली कांग्रेसले शीर्ष र केही नेताहरुको नाम मात्र टुंग्याएको छ । एमाले र माओवादी सहितका कम्युनिष्ट दलले चुनावी तालमेल गरेपछि अरु दललाई समेटेर चुनावमा जाने गृहकार्यमा कांग्रेस जुटेको छ ।

निर्वाचन क्षेत्र भागबण्डा नमिलेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ । राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमको गठबन्धनसँग कांग्रेसको कुरा मिल्न नसकेको हो ।

प्रदेश २ मा राजपा र फोरमले प्रतिनिधिसभामा न्यूनतम २० सिट र प्रदेशसभामा ४० सिट माग पनि कांग्रेसले त्यति दिन नसक्ने अडान लिएपछि तालमेलको संभावना कम भएको नेताहरुले बताएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top