मेस्सीका एक फ्यानले गालमा चुम्बन एक ले मेस्सीसँग सेल्फी

काठमाडौँ, १५ कात्तिक । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा ओलम्पिआकोससँग गोलरहित बराबरी खेल्यो । यो खेल दुईपटकसम्म केहीबेर प्रभावित भएको थियो । स्टार खेलाडी लियोनल मेस्सीका दुई फ्यान खेल भैरहेका बेला मैदानमा गएपछि केहीबेर खेल प्रभावित भएको हो । मेस्सीले टचलाइनबाट कर्नर किक प्रहार गर्न लागेका बेला फ्यान उनी तर्फ गए ।बार्सिलोनाले पाँच वर्षमा पहिलोपटक गोल गर्न सकेन, ग्रिसको क्लबले रोक्यो ती समर्थकले मेस्सीलाई अंगालो हाले र उनको गालमा चुम्बन पनि गरे ।  मेस्सीले पनि उनलाई मायाले अंगालो मारे । त्यसपछि उनलाई मैदानको सुरक्षाका लागि खटिएका गार्डले मैदान बाहिर लगे । यस्तै मेस्सीका अर्का फ्यान सुरक्षागार्डलाई छल्दै खेल भइरहेका बेला आफ्ना आइडललाई भेट्न गए । उनले मेस्सीसँग सेल्फी पनि लिन भ्याए । दुवैजना मेस्सीका फ्यान रहेको र उनीहरुको गलत नियत नरहेको उल्लेख गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top