पोखरा लेखनाथ महानगरपालिका अगाडी रिले अनसन सुरु

समाचारपाटी, पोखरा, १५ कात्तिक । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनस्थापनाको माग गर्दै पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना संघर्ष समितिले पोखरा लेखनाथ महानगरपालिका कार्यालय अगाडी रिले अनसन सुरु भएको छ ।

अनसनको केहि दिन अगाडी नेपाली काँग्रेसमा प्रवेश गर्र्नु भएका नेता तथा उद्योगपति सुर्य बहादुर केसीले उद्घाटन गर्नुभयो ।

रिले अनसनमा आज प्रा.डा. दिल बहादुर क्षेत्री, पुर्व सभासद कृष्ण कुमारी परियार, क्षेत्री समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्की, ब्राम्हण समाज कास्कीका अध्यक्ष राम प्रसाद बस्ताकोटी, क्षेत्री समाज कास्कीका उपाध्यक्ष दिल बहादुर अधिकारी, शालिक पुनः स्थापना संघर्ष समित प्रचारप्रसार समितिका महिला प्रमुख पुजा शाह, समाजसेवी कृति परियार, रुकु परियार र टंकनाथ बराल अनसन बस्नुभएको छ ।

उहाँहरु अहिले बिहान ८ बजे देखि २ बजेमा बस्नुहुने छ । त्यसपछिको समुह २ बजे देखि बेलुका ८ बजे सम्म बस्ने छ । प्रत्येक ६–६ घण्टामा अनसनमा बस्नेहरु परिवर्तन हुने संघर्ष समितिका सचिव अशिल कुमार शाहीले जानकारी दिनुभयो ।

रिले अनसन २० गते सम्म जारी रहने संघर्ष समितिले जनाएको छ । त्यसपछि आन्दोलनका थप कार्यक्रम अन्तरगत २१ गते देखि अनिश्चितकालीन पोखरा बन्दको कार्यक्रम रहेको सचिव शाहीले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित