हिमालयन अटोमा सुजुकी मोटरसाईकलको सोरुम

पोखरा, १० कात्तिक । पोखरा नयाँबजारमा रहेको हिमालयन अटो वल्र्डमा सुजुकी मोटरसाईकलको सोरुम सुर गरेको छ । नेपालको लागि आधिकारीक आयातकर्ता भिजी अटो मोवाईल्सको पोखरा क्षेत्रको लागि आधिकारीक बिक्रेता हिमालयन अटो वल्र्डले सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरहरु बिक्रि गर्न सुरु गरेको हो ।

सोरुमको बिहीबार पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्घाटन गरे । कार्यक्रममा उनले सोरुम स्थापनासंगै पछिको सेवालाई निरन्तर दिन आग्रह गरे । विश्व प्रख्यात जापानिज कम्पनिबाट उत्पादन भएका सुजुकी मोटरसाईकल तथा स्कुटरका विभिन्न मोडलहरु उक्त सोरुममा उपलब्ध गराएको हिमालयन अर्गनाईजेशनका अध्यक्ष ध्रुव थापाले बताए ।

हाल सुजुकी जिक्सर १५५ सीसी, हयाते ११५, लेटेस ११३, मोटो जिपी, जिक्सर एसपी १५५ र एक्सिस १२५ सीसीका मोटरसाइकल बजारमा उपलब्ध भएको अध्यक्ष थापाले जनाए । उनका अनुसार उक्त मोटरसाईकहरु एक लाख ६५ हजार देखि २ लाख ९३ हजार मुल्यका रहेका छन । हाल बजारमा आएको १२५ सीसीको स्कुटर एक्सिस नेपाली बजारमा उत्कृष्ट भएको वल्र्डकी प्रोपाईटर मिलन थापाले दाबी गरिन ।

मोटरसाईकल तथा स्कुटर किन्दा फाइनान्स सुविधा, एक्चेन्ज तथा बिशेष छुटको सुविधा भएको प्रोपाईटर थापाले बताईन ।

उक्त स्कुटरमा डिक्स ब्रेक, मेटल बडि, २२ लिटर बराबरको पेट्रोल क्षमता, क्रोम हडलाईट, प्रोसस्पोन्सन सक साथै पाँच बर्ष इन्जिनमा वारेन्टि सुविधा भएको सर्व–सुलभ ढंगले पार्टस पाईने भएको सेल्स अपिसर धन बहादुर लामिछानेले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित