काँग्रेसमा प्रवेश गर्ने कुरा ग्यारेण्टी दिन सक्दीन : उद्योगपति सुर्य बहादुर केसी

समाचारपाटी, पोखरा, ९ कात्तिक । उद्योगपति सुर्य बहादुर केसीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरि लोकतान्त्रीक गठबन्धनलाई समर्थन गर्ने जनाए । उनी आज नै काँग्रेस प्रवेश गर्ने धेरैको अनुमान थियो, तर पत्रकार सम्मेलनमा उनले ११ गते आफु काँग्रेसमा प्रवेश गर्ने वा नगर्ने घोषणा हुने बताएका छन् ।

काँग्रेसमा प्रवेश गर्ने कुरा पक्का भएको हो भन्ने पत्रकारको प्रश्नमा केसीले अहिलेनै ग्यारेण्टी दिन नसक्ने बताएका हुन् । यसै विषयमा रहेर हामीले केसी संग गरेको कुराकानीको अंश ।

तपाईको समर्थन काँग्रेसलाई किन ?
मौलिक अधिकार, मानअधिकार, निजि क्षेत्रको विकास, उदार अर्थ निति रहेको पार्टी त्यसलाई नै भोट दिने हो, त्यसलाई नै माया गर्ने हो ।

अलि ढिलो भएन ?
ढिलो भएको छैन । बल्ल सुरु भएको चुनाव ।

चुनावकै मुखमा आएर यो तयारी चाहीँ किन नि ?
प्रजातन्त्रको रक्षाको लागि । मानवअिधकारको रक्षाको लागि ।

प्रजातन्त्र, मानवअधिकारको रक्षा गर्नुपर्छ भन्ने हिजो थाहा थिएन ?
थाहा थियो । हिजो पनि गरेको हो ।

तर परिणाममा त देखिदैन नि ?
छ, हेर्नुहोस । पहिलो संविधानसभाको चुनावमा मैले गरेका भुकिाहरु ।

सुर्य बहादुर केसी नेपाली काँग्रेसमा गए भनेर बुझे हुन्छ ?
११ गते पछि थाहा पाउनुहुन्छ ।

किन कुर्ने ११ गते सम्म ?
किनभने भोलि दिनभरी पछि मैले मेरो साथिभाईहरु, इष्टमित्रहरुलाई सम्पर्क गर्नुपर्ने हुन्छ । उहाँहरुको राय लिएर प्रवेश गर्ने मेरो कुरा हो । तर गठबन्धनलाई मद्धत गर्ने निणर्य गरिसकेँ ।

११ गतेसम्म समर्थन त्यसपछि प्रवेश गर्ने भनेर बुझ्दा हुन्छ ?
प्रवेश गर्न पनि सकिन्छ तर ग्यारेण्टी दिन सक्दीन म । बाहिर बसेर पनि मद्धत गर्न सकिन्छ, भित्र बसेर पनि सकिन्छ । घरपरिवार, साथिभाई र ईष्टमित्रको सल्लाहले, उनिहरुलाई भेट्न बाँकी छ ।

अबको राजनिति प्रजातान्त्रिक शक्तिको नजिक रहेर हुन्छ ?
सहयोग गरेरै गर्ने हो, नजिक रहेर नै गर्ने हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित