प्रतिस्पर्धा गर्न पाउने नागरिकको हकविपरीत आएको शिक्षा ऐन्

काठमाडौँ  दश वटा विद्यार्थी संगठनले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने नागरिकको हकविपरीत आएको शिक्षा ऐन (नवौँ शंसोधन) को विरोध गरेका छन् । अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ती विद्यार्थी संगठनको संयुक्त बैठकले ६८ लाख विद्यार्थीको दक्ष शिक्षक पाउने अधिकारको हनन भएको र शिक्षक हुन योग्यता पुगेका र प्रतिस्पर्धाका लागि तयारी रहेका आठ लाख विद्यार्थीको भविश्यमाथि खेलबाड भएको निर्णय गरेको छ ।

विद्यार्थी संगठनले विवादित शिक्षा ऐन कार्यान्वयन नगराउन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि कुनै पनि तहको शिक्षकको पदपूर्तिको व्यवस्था नगर्नसमेत शिक्षा सेवा आयोगलाई आग्रह गरिएको अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले जानकारी दिनुभयो ।यस्तै जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रकोविरुद्ध अभिव्यक्ति नदिनसमेत विद्यार्थी संगठनले पूर्वराजालाई सचेत गराएका छन् ।बैठकमा अनेरास्ववियूका महासचिव ऐन महर, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीलगायत विद्यार्थी नेताको सहभागिता रहेको थियो ।

.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित