अनुमति लिएर हतियार बोक्नेलाई कास्की प्रशासनको सुचना : कार्तिक १५ गते सम्ममा हतियार बुझाउ

समाचारपाटी, पोखरा, ७ कार्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति लिएर हतियार बोक्ने गरेका व्यक्तिलाई निर्वाचन अवधिको लागि हतियार बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सुचना जारी गरि आगामी कार्तिक १५ गते सम्म प्रहरी कार्यलयमा हतियार बुझाउन भनेको हो ।

आगामी मंसिर २१ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरि प्रशासनले हतियार प्रहरीलाई बुझाउ सार्वजनिक सुचना निकालेको हो ।

प्रशासनद्धारा जारी गरिएको सुचनामा भनिएको छ – “आगामी २०७४ साल मंसिर २१ गते तोकिएको प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी कानून बमोजिम अनुमती प्राप्त गरेका व्यक्तिको नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियारहरु निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने नेपाल सरकारको निति रहेको हुँदा २०७४ कार्तिक १५ गते सम्ममा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सम्बन्धीत सबैलाई यसै सूचनाबाट जानकारी गराईन्छ । कोहि कसैबाट यस सूचना बर्खिलाप काम कारवाही भएमा कानून बमोजिम हदै सम्मको कारबाही हुने व्यहोरा सम्बन्धीत सबैलाई जानकारी गराईन्छ ।”

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top