महाकवि देवकोटा पुरस्कार वियोगीलाइ

पोखरा, ७ कार्तिक । महाकाव्यकार माधव वियोगीलाई २०७४ सालको महाकवि देवकोटा पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली वाङ्मय प्रतिष्ठान, काठमाडौंद्वारा प्रदान गरिने उक्त पुरस्कार महाकाव्यलेखनका माध्यमबाट नेपाली भाषासाहित्यको विकासमा विशिष्ट योगदान गरवापत े वियोगीलाई प्रदान गर्न लागिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालका अनुसार यसअघि उक्त पुरस्कारबाट डा मोदनाथ प्रश्रित, संस्कृतिविद् सत्यमोहन जोशी, कविवर भानुभक्त पोखरेल, डा केशवप्रसाद उपाध्याय, डा महादेव अवस्थी र प्रा कृष्ण गौतम सम्मानित भइसकेका छन्। सो पुरस्कार आगामी मंसिर तेस्रो साता काठमाडौंमा हुने विशेष समारोहमा प्रदान गरिने छ ।

यसअघि विभिन्न मानसम्मान र पुरस्कारबाट विभूषित भैसकेका पोखरेली स्रष्टा महाकाव्यकार वियोगीले राष्ट्रव्यापी आन्दोलनका रूपमा छन्द बचाऔं अभियान–२०५३ र महाकाव्यलेखन अभियान–२०६० सञ्चालन गरेका थिए ।

उनका छ वटा महाकाव्यसहित दुई दर्जन कृति प्रकाशित छन् । जनप्रिय बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक वियोगी सो क्याम्पसका पूर्व प्रमुखसमेत हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित