गहतेमा भित्ते पत्रिका प्रकाशन तालिम सम्पन्न

पोखरा, ५ कार्तिक । मादी गाउँ पालिका वडा नं. ९ मा रहेको सरस्वती कुन्ज आधारभुत बिद्यालयमा एकदिने भित्तेपत्रिका प्रकाशन अभिमुखि करण तालिम सम्पन्न भयो ।

तालिममा सरस्वती कुञ्जका शिक्षक श्रीप्रसाद अधिकारी, बालकल्याण आधारभुत विद्यालयका रबिलाल अधिकारी, प्रभात आधारभुत विद्यालय, पाखुरीकोटकी शिक्षिका रमादेबी बराललगायत वाल क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र नौलो घुम्ती नेपालको व्यवस्थापनमा संचालित उक्त तालिममा कृष्ण रानाभाटले प्रशिक्षण दिएका थिए भने सामाजिक परिचालक अनिल नेपाली सहजीकरण गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top